८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

नक्कली साँचो बनाई गाडी लैजाने पक्राउ

३० आश्विन २०७३, आईतवार ०३:००

असोज ३०, भक्तपुर । विगत चार महिनादेखि पार्किङ गरिरहेका विभिन्न सवारी साधनको नक्कली साँचो बनाई अन्यत्र लैजाने कार्य गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

गत असार महिनादेखि नै भक्तपुर नगरपालिका क्षेत्रभित्र पार्किङ गरी राखिएका १० वटा निजी, सरकारी कार्यालय, अस्पताल र सङ्घसंस्थाका कार, जिप, मिनीट्रक, एम्बुलेन्स, शववाहनलगायतका सवारी साधन नक्कली साँचो प्रयोग गरी पार्किङ गरिएको स्थानबाट चलाई अन्यत्र लगेर छाडी सवारी धनीलाई दुःख दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ सुकुलढोका बस्ने २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठलाई बा२च ९०६६ नं को पजेरो जिप दरबारस्क्वायरबाट चलाई अन्यत्र लैजान लाग्दा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । 

पक्राउ परेका श्रेष्ठलाई प्रहरीले शनिबार केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता