६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै

३० आश्विन २०७३, आईतवार ०३:३९

असोज ३०, कञ्चनपुर । कञ्चनपुरमा बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्न थालेको छ । आधारभूत तहमा भर्ना भएका विद्यार्थीहरु माध्यमिक तहसम्म नपुग्ने समस्या बढी देखिएको हो । 

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले गरेको सर्भेक्षणअनुसार विद्यालय बीचमै छाड्नेमा अधिकांश आर्थिक अवस्था कमजोर रहेका मुक्त कमैया, मुक्त हलिया, दलित, वादी, भूमिहीन, सुकुम्बासी र अपाङ्गता भएका बालबालिका बढी रहेका छन् ।

“आधारभूत तहमा भर्ना भएका आर्थिक अवस्था कमजोर रहेका पाँचदेखि १० प्रतिशत बालबालिकाले मात्रै माध्यमिक तहसम्म पुग्ने गरेको पाइएको छ । 

आधारभूत तहको कक्षा ५ सम्म जेनतेन पढे पनि त्यसपछि अभिभावकसँगै मजदुरी गर्न भारततर्फ जाने भएकाले बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेको जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले बताउनुभयो । 

यसलाई न्यूनीकरण गर्न छात्रवृत्तिका कार्यक्रम सञ्चालन भइरहेको र दिवा खाजा कार्यक्रम माग गरिएको सहायक जिल्ला शिक्षा अधिकारी भट्टले बताउनुभयो । 

सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम 

बालबालिकाको पढ्ने बानीको विकास गराउने उद्देश्यले कञ्चनपुरका २६१ सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिएको छ । 

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरसँगको सहकार्यमा ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) को रु दुई करोड ३४ लाख ५५ हजार ७५६ सहयोगमा दुई वर्षे कार्यक्रम सञ्चालन गरिएको हो । 

बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि घरमा पढ्ने वातावरण सिर्जना गर्ने र अभिभावकलाई यसका लागि उत्तरदायी बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बेसका कार्यक्रम संयोजक तिलक चौधरीले बताउनुभयो । 

स्रोत केन्द्र, विद्यालय र गाउँघरस्तरमा पढ्ने वातावरणका लागि टोल कक्षा सञ्चालन गरिएका छन् । 

आधारभूत तहको कक्षा १ देखि ३ सम्मका बालबालिकाले किताबमा लेखिएका अक्षरहरु उच्चारणसमेत गर्न नसक्ने अवस्थाका रहेकाले उनीहरुलाई किताब पढ्न सक्ने र हिसाब गर्न सक्ने बनाउनका लागि टोल टोलमा कक्षा सञ्चालन गरी सघाउ पु¥याउने कार्यक्रम संयोजक चौधरीले बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै