2026-09-07 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै रणवीर कपुरविरुद्ध उजुरी

पुस  १२, काठमाडौं | बलिउड अभिनेता रणवीर कपूरविरुद्ध मुम्बईको घाटकोपर पुलिस स्टेशनमा धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा उजुरी दर्ता भएको छ।

हालै सामाजिक सञ्जालमा रणवीरको एउटा भिडियो भाइरल भएको थियो, जसमा उनी केक जलाएपछि ‘जय माता दी’ भन्दै थिए । रणवीरको यो भिडियोको निकै आलोचना पनि भएको थियो ।

बम्बे हाई कोर्टका वकिल आशिष राई र पंकज मिश्राले रणवीर विरुद्ध यो उजुरी दर्ता गरेका छन्, जसमा उनीहरूले आईपीसी (भारतीय दण्ड संहिता) को धारा २९५ए, २९८, ५०० र ३४ अन्तर्गत मुद्दा दर्ता गर्न माग गरेका छन्। तर, प्रहरीले भने अहिलेसम्म कुनै एफआईआर दर्ता नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

कपूर परिवारमा हरेक वर्ष क्रिसमस धूमधामका साथ मनाउँदै आइरहेका छन् । यसपटक पनि क्रिसमसको विशेष अवसरमा सम्पूर्ण परिवारले मुम्बईमा सँगै खाना खाएका थिए । यो भिडियो त्यही बेला भाइरल भएको थियो । यो भिडियोमा कपूर परिवारका एक सदस्यले केकमा रक्सी खन्याए र त्यसपछि रणवीरले केकमा आगो लगाएर ‘जय माता दी’ भनेका छन् । यस क्रममा उनका परिवारका अन्य सदस्यले पनि उनीसँगै जय माता दी भनेका थिए ।

उजुरीका अनुसार हिन्दू धर्ममा देवताको पूजा गर्नुअघि अग्निदेवतालाई पुकार्ने गरिन्छ तर क्रिसमस मनाउने क्रममा रणवीर कपुर र उनको परिवारका सदस्यले मदिरा सेवन गरेका थिए र ‘जय माता दी’ भनिरहेका थिए । यही कारणले उजुरीकर्ताले धारा ३४ अन्तर्गत एफआईआर दर्ता गर्न माग गरेको छ ।

क्रिसमसको विशेष अवसरमा रणवीर र आलियाले छोरी राहालाई पहिलो पटक मिडियामा परिचय गराएपछि राहाका धेरै तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

रणवीरको हालै रिलिज भएको ‘एनिमल’ ले बक्स अफिसमा ठूलो कमाई गरेको छ । फिल्मले अहिलेसम्म भारतीय बक्स अफिसमा ५४० करोड र विश्वभर ८८०.८३ करोड कलेक्सन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ