२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अदालतको आदेशपछि अब के हुन्छ ? यस्तो भन्छ ईपीएस कोरिया शाखा

१३ पुष २०८०, शुक्रबार ११:०५

पुस १३, काठमाडौँ | उच्च अदालत पाटनले यसअघि सिपबिल्डिङमा परीक्षा दिएका सबैलाई ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सहभागी गराउन आदेश दिएको छ ।

उच्च अदालत पाटनले यसअघि कोरिया जानका लागि खुलेको विज्ञापनमा परीक्षा दिइसकेकालाई पनि मंसिरको अन्तमा खुलेको ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सहभागी गराउन आदेश दिएको हो । उच्च अदालत पाटनकै आदेशपछि सिपबिल्डिङमा आवेदन दिइसकेका १८ जनालाई ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा फर्म भर्न इपीएस कोरिया शाखाले सहमति जनाएको थियो ।

इपीएस कोरिया साखाका अनुसार कोरिया जानका लागि कुनैपनि व्यक्तिले एक वर्षमा एक सेक्टरमा मात्रै आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसअनुसार यसअघि सिपबिल्डिङ सेक्टरमा आवेदन दिएकाहरुले हाल खुलेको ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा आवेदन दिन पाएका थिएनन् । तर, आज उच्च अदालन पाटनले दिएको आदेशअनुसार सबैले ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा आवेदन दिन पाउने भएका छन् ।

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीका अनुसार अब यसअघि सिपबिल्डिङमा सहभागी सबैलाई ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा फर्म भराइनेछ । तर, यसमा कोरियाले अस्विकार पनि गर्न सक्ने छ ।

निर्देशक सुवेदी भन्छन, ‘इपीएस कोरिया साखा केबल एक माध्यम मात्रै हो । १८ जनालाई हामीले व्यवस्थापन गर्न भनेका छौ भने । सबैलाई पनि गर्न सकिन्छ । हामीले १८ जनालाई सहभागीका लागि कोरियालाई गरेको मेलको रिप्लाई आएको छैन् । अब यसमा केहि भन्न सकिदैनन् । अब श्रम मन्त्रालय, वैदेशीक रोजगार विभागले छलफल गर्छ । हामीले त काम मात्रै गर्ने हो । अहिले चलिरहेको विवादको समाधान छैन भन्ने होइन विकल्पहरु छन् । सबैले उग्र हुनु भएन । सान्त भएर समाधा पनि निकाल्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान