३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दावी

१४ पुष २०८०, शनिबार ०७:२१

पुस १४, इजरायल | उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ । 

इजरायलले प्यालेष्टिनी कट्टरपन्थी लडाकु समूह (हमास) का लडाकुहरूले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै सुरुङहरूमा विद्युतको पहुँच , भेन्टिलेसन र ढल पूर्वाधार, प्रार्थना कक्ष र विश्राम कक्षहरू रहेको उल्लेख गरेको छ ।

हालैका हप्ताहरूमा, १६२ औं डिभिजनको कमान्डमा १४ औं रिजर्भ ब्रिगेड कम्ब्याट टिमले गाजा पट्टीमा हमास आतंकवादी संगठनका नेता याह्या सिनवारको गोप्य बासस्थान (अपार्टमेन्ट) फेला पारी नष्ट गरेको छ ।

उक्त अपार्टमेन्ट उत्तरी गाजा पट्टीको गाजा शहर नजिकै रहेको इजरायली रक्षा बलले जनाएको छ । रक्षा बलका अनुसार, ‘याहलोम युनिटका सैनिकहरूले थप प्राविधिक साधनहरू प्रयोग गरेर अपार्टमेन्टको खोजी गरेका थिए । अपार्टमेन्टको भूमिगत संरचनाको सबैभन्दा तल हमासको रणनीतिक सुरूङ मार्ग रहेको थियो ।

सैनिकहरूले सुरुङ मार्ग हुँदै भित्री महत्वपूर्ण सुरुङमा पुगेको र त्यसलाई हमासको सैन्य र राजनीतिक विभागका वरिष्ठ अधिकारीहरूले प्रयोग गर्ने गरेको बताइएको छ । 

‘यो अपार्टमेन्ट लामो र शाखारहित सुरुङ सञ्जालको हिस्सा हो । यसमा हमासका वरिष्ठ अधिकारीहरू सरेका थिए र सञ्चालन गरेका थिए । ‘उत्तरी गाजा पट्टीमा हमासले २१८ मिटर लामो र २० मिटर गहिरो सुरूङ बनाई आफ्ना रणनीतिक कामहरू गर्दै आएको’, इजरायली रक्षा बलले जनाएको छ, ‘सुरुङभित्र विद्युतीय सञ्जाल, भेन्टिलेसन र ढल निकास पूर्वाधार, लुकेको सामग्री, प्रार्थना कक्ष र विश्राम कक्षहरू फेला पारेका थिए ।’

सुरूङभित्र रहन र लामो समयसम्म यसबाट युद्ध गर्न सम्भव हुनेगरि निर्माण गरिएको थियो । इजरायली सेनाले याहलोम युनिटका सैनिकहरूले सुरुङलाई नष्ट गरेका छन् । 

रक्षा बलले याहलोम युनिटका सैनिकहरूले सुरुङको मार्ग पत्ता लगाएको र सुरूङभित्र सुरक्षा जाँचसमेत गरेको फुटेज साझा गरेको छ । सेनाले हमासको मुख्यालय क्षेत्रमा सुरुङहरू भत्काएको फुटेज पनि साझा गरेको छ । 

गुप्तचर सूचनाको आधारमा लडाकूहरूले हमास आतंकवादी संगठनका कार्यकर्ताहरूको दर्जनौं घरहरूमा छापा मारेका र त्यहाँ फेला पारेका विस्फोटक पदार्थहरू नष्ट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट