१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फिल्म रिलिज भएको १० औँ दिनमा सालारको कमाई कति?

१६ पुष २०८०, सोमबार ०६:४८

पुस १६, काठमाडौँ | नयाँ वर्षबिच बक्स अफिसमा प्रभास र पृथ्वीराज सुकुमारनको फिल्म सालारको जादु जारी छ । फिल्म रिलिज भएको १० औँ दिनमा कलेक्सन ६०० करोड भारु नजिकै पुगेको छ । फिल्मको वर्ल्र्डवाइड कलेक्सन ५७८ करोड भारु छ । नयाँ वर्षको बिदालाई मानिसहरू हलमा फिल्म हेरेर बिताइरहेका छन् ।

यो फिल्मले प्रभासको करियरलाई नयाँ दिशा दिएको छ । यसअघि उनले ब्याक टू ब्याक फ्लप फिल्म दिएका थिए । सालारको रूपमा उनले ६ वर्षमा पहिलो पटक ब्लकबष्टर फिल्म पाएका छन् । फिल्ममा सुकुमारनको पनि मुख्य भूमिका रहेको छ । फिल्मको निर्देशन केजीएफबाट चर्चित बनेका निर्देशक प्रशान्त नीलले गरेका हुन् । रिलिज अघि मान्छेहरूले फिल्मबारे नेगेटिभ प्रतिक्रिया दिएका थिए ।

तर गएको १० दिनयता फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । सालारः पार्ट १–सीजफायर डिसेम्बर २२ मा रिलिज भएको थियो । प्रदर्शनको दोस्रो हप्तामा फिल्मले ५७५ करोड भारुभन्दा धेरैको कमाई गरेको छ । फिल्म तेलुगुबाहेक कन्नड, तमिल, मलयालम र हिन्दी सिनेमा हलमा रिलिज भएको छ ।

फिल्मले पहिलो र दोस्रो दिन १७६ करोड ५३ लाख र १०१ करोड ३९ लाख भारु कमाएको थियो । फिल्मको ओपनिङले यो वर्ष आएको शाहरुख खानको दुई ब्लकबष्टर फिल्म पठान र जवानलाई समेत उछिनेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार