2026-07-24 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फिल्म रिलिज भएको १० औँ दिनमा सालारको कमाई कति?

पुस १६, काठमाडौँ | नयाँ वर्षबिच बक्स अफिसमा प्रभास र पृथ्वीराज सुकुमारनको फिल्म सालारको जादु जारी छ । फिल्म रिलिज भएको १० औँ दिनमा कलेक्सन ६०० करोड भारु नजिकै पुगेको छ । फिल्मको वर्ल्र्डवाइड कलेक्सन ५७८ करोड भारु छ । नयाँ वर्षको बिदालाई मानिसहरू हलमा फिल्म हेरेर बिताइरहेका छन् ।

यो फिल्मले प्रभासको करियरलाई नयाँ दिशा दिएको छ । यसअघि उनले ब्याक टू ब्याक फ्लप फिल्म दिएका थिए । सालारको रूपमा उनले ६ वर्षमा पहिलो पटक ब्लकबष्टर फिल्म पाएका छन् । फिल्ममा सुकुमारनको पनि मुख्य भूमिका रहेको छ । फिल्मको निर्देशन केजीएफबाट चर्चित बनेका निर्देशक प्रशान्त नीलले गरेका हुन् । रिलिज अघि मान्छेहरूले फिल्मबारे नेगेटिभ प्रतिक्रिया दिएका थिए ।

तर गएको १० दिनयता फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । सालारः पार्ट १–सीजफायर डिसेम्बर २२ मा रिलिज भएको थियो । प्रदर्शनको दोस्रो हप्तामा फिल्मले ५७५ करोड भारुभन्दा धेरैको कमाई गरेको छ । फिल्म तेलुगुबाहेक कन्नड, तमिल, मलयालम र हिन्दी सिनेमा हलमा रिलिज भएको छ ।

फिल्मले पहिलो र दोस्रो दिन १७६ करोड ५३ लाख र १०१ करोड ३९ लाख भारु कमाएको थियो । फिल्मको ओपनिङले यो वर्ष आएको शाहरुख खानको दुई ब्लकबष्टर फिल्म पठान र जवानलाई समेत उछिनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक