३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापानको भूकम्पमा परी १३ जनाको मृत्यु, खोज तथा उद्धारको काम जारी

१७ पुष २०८०, मंगलवार ०३:५१

पुस १७, काठमाडौं | जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् ।

सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।

अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यमले जनाएको छ । जापानको सेल्फ डिफेन्स फोर्स (एसडीएफ)का एक हजार जनशक्तिलाई खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । उनीहरु उत्तरी नोटो प्रायद्वीपमा समुद्री मार्गहरु स्थापना गर्न प्रयास गरिरहेको उनले बताएका छन् ।

कम्प प्रभावित क्षेत्रमा घर, सडक र बिजुलीका लाइनहरुमा क्षति पुगेका फोटो भिडियोहरु सामाजिक सन्जालमा देखिन्छन् । इशिकावाको वाजिमा शहरमा एक सय भन्दा बढी घरहरु भत्किएका छन् । यो पर्यटकीय शहर पनि हो ।

यसैगरी इशिकावाकै सुजु शहरको एक प्राचीन मन्दिर पनि पूर्णरुपमा भत्किएको छ । त्यसको भग्नावशेषमा मानिसहरु पुरिएको हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट