१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

क्यानडा, सिंगापुर जस्ता मुलुक पठाइदिने भन्दै १० करोडभन्दा बढी ठगी गर्ने लामा पक्राउ

१७ पुष २०८०, मंगलवार ११:०३

पुस १७, काठमाडौँ | युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने लाल बहादुर लामा रहेका छन् ।

४७ वर्षीय उनले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार युवाहरुलाई ठगेको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।


कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार सुवास वाईबा, राजेश तुम्सीङ मगर, दावा लामालगायतलाई वैदेशिक रोजगारीको बिभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरुमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेका थिए ।

सो उजुरीपछि अनुसन्धान गर्दै जाने क्रममा उनले आफ्नो मेनपावरमार्फत बेरोजगार युवाहरुबाट ५ लाख देखि १५ लाख सम्म लिने गरेको पाइएको प्रहरीको भनाइ छ । तर, वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत पाइएको छ ।

उनलाई शंखमुलबाट नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा १० करोडभन्दा बढी रकम उठाएको पाइएको रेग्मीले बताए । उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी  समेत बरामद भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार