असोज ३० Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३०
८ माघ २०८२, बुधबार
ओखलढुङ्गा - OKL

ओखलढुंगामा दशैँ कस्तो भयो ? पढ्नुस्

३० आश्विन २०७३, आईतवार ०९:३८

असोज ३०, ओखलढुंगा । यस वर्षको दशैँ ओखलढुंगामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्थानिय प्रशासनले दावी गरेको छ । छिटफुट सामान्य बाहेक कुनै अप्रिय घटना दशैँको समयमा नभएको प्रशासनको दावी छ । यसैविषयमा साझासबालका प्रदेश संयोजक पूर्णप्रसाद न्यौपानेले प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीसँग कुराकानी गर्नुभएको छ ।


स्वागत छ यहाँलाई ! 

धन्यवाद पूर्ण जी । 

यस वर्षको दशैँ कस्तो भयो ओखलढुंगामा ?

दशैँ राम्रो भयो,विगतमा जस्तो कुनै अपराधिक क्रियाकलापहरु भएनन् त्यो राम्रो पक्ष हो, हामीलेले प्रहरीको सकृयता बढाएका थियौँ,जिल्लाको सुरक्षा व्यवस्था मजबुत थियो, र  यहाँका नागरिकहरुले पनि पर्वलाई सभ्य र भव्य तरिकाले मनाए,समग्रमा भन्दा २०७३ सालको दशैँ ओखलढुंगामा शान्तिपूर्ण रह्यो । 

गैरकानुनी क्रियाकलाप त भईहरेकै छन् नि कसरी शान्तिपूर्ण र सभ्य भन्ने ? 

सामान्य घटनाहरु हुनु स्वभाविक हो,तर कसैलाई ठुलो क्षती हुने र कानुुन अनुसार कारबाहि नै गर्नुपर्ने क्रियाकलाप भएका छैनन् ।

यातायात क्षेत्रमा देखिएको यत्रो बेथितीलाई सामान्य भन्न मिल्छ र ? 

वास्तवमै यातायातका क्षेत्रमा केहि समस्याहरु छन् । तर हामीले कारबाहि गरिरहेका छौँ, केहि दिन यता प्रहरीको सकृयतामा बढि भाडा लिने,यात्रुलाई दुव्यवहार गर्ने, क्षमता भन्दा बढि यात्रु बोक्ने लगाएतका सवारी नियम विपरित चल्नेहरु कारबाहिमा परिसकेका छन् । अझै पनि त्यस्तो पाईएमा खोजीखोजी कारबाहि गछौँ । सार्वजनिक सवारीमा यात्रुको सहज यात्राको व्यवस्था मिलाउन प्रशासनको प्रयास मात्रै पर्याप्त हुँदैन यसमा सबैपक्ष लाग्नु पर्छ,यदि नियम उलंघन गरे कडा कारबाहि गरिन्छ,गरिरहेकै पनि छौँ । 

अनियमितता गर्नेलाई नियन्त्रणमा लिने अनि नेता र सांसदको दवावमा कारबाहि नगरि छाडिन्छ भन्ने पनि कतिपयको आरोप छ नि ? 

दवावहरु झेलिएकै पनि छ,तर ठ्याक्कै त्यस्तो होईन,हामी कानुन विपरित चल्नेलाई कुनै हालतमा उन्मुक्ती दिदैँनौँ,दवाव र प्रभावमा स्थानिय प्रशासन परेको छैन र पर्दैन पनि म तपाईका सञ्चारमाध्यम मार्फत सबै पक्षलाई यस विषयमा विश्वस्त हुन आग्रह गर्दछु । र सँगै आसन्न पर्वहरु दिपावली र छठ पनि दशैँ जस्तै संयमित भएर शान्तिपूर्ण,सभ्य र भव्य तरिकाले मनाउन सबैमा आग्रह गर्दछु ।  

यो पनि पढ्नुहोस्  

http://sajhasabal.com/okhaldhunga/society/11055 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता