१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कार्यपालिकाको निर्णयमा छोरीको नाम घुसाएपछि बालेनले निलम्बन गरे सचिवालय प्रमुखसहित ३ कर्मचारी

१७ पुष २०८०, मंगलवार १२:१७

पुस १७, काठमाडौँ | करार कर्मचारीको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो सचिवालयका प्रमुखसहित ३ जना कर्मचारीलाई निलम्बन गरेका छन् ।

मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् ।

नगर कार्यपालिकाले गरेको निर्णय आफूखुशी परिवर्तन गराएको पाइएपछि उनीहरुलाई सोमबार मेयर शाहले निलम्बन गरेको महानगर स्रोतले बतायो ।

वरिष्ठ शाखा अधिकृत बिडारीले छोरीलाई करारमा जागिर खुवाउन कार्यपालिकाको निर्णय फेरेको बताइएको छ ।

उक्त घटनामा मुछिएपछि प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसमेत बिदामा बसेका छन् । आचार्य पनि यस प्रकरणमा सलंग्न रहेको स्रोतले बतायो । २३ औं नगरसभाको १५ औं एजेण्डामा करारको स्वास्थ्य कर्मचारीहरुको सेवा अवधि थप गर्ने निर्णय थियो ।

नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय फेरेर ५ जनाको ठाउँमा एक जना थपेर ६ जना बनाइएको स्रोतले बतायो ।

शाखा अधिकृत बिडारीकी छोरीलाई जागिर खुवाउन बैठकको निर्णय नै २ पटक परिवर्तन गरिएको पाइएपछि मेयर शाह आफैं एक्सनमा उत्रिएका छन् ।

‘नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, बिडारीले आफनी छोरीलाई जागिर खुवाउन निर्णयभित्र घुसेर ५ जनाको ठाउँमा ६ जना बनाएर छोरीको नाम थप गरेको पाइयो ।’

बैठककै निर्णय उल्टाएको सम्बन्धमा प्रश्न उठेपछि थप अनुसन्धान गर्न उनीहरु निलम्बनमा परेका हुन् । कार्यपालिकाको बैठकका निर्णयहरु प्रमाणीकरण प्रमुख प्रशासकीय अधिकृतले गर्छ। त्यसपछि मात्रै मेयरको कार्यालयमा जाने गर्छ । आचार्यले कर्मचारीले गरेको फेरबदलमै प्रमाणीकरण गरिदिएका थिए ।

‘मेयरज्यूकहाँ आउँदा ६ जनाको आयो । ६ जना कसरी आयो भनेर हेर्दा महानगरको कर्मचारीकी छोरीलाई जागिर दिन रहेछ’, स्रोतले भन्यो ।

यस विषयमा बिडारीसँग सम्पर्क गर्न पटक पटक फोन गर्दा उठेन ।

प्रमुख प्रशासकीय अधिकृत नै संलग्न भएको घटना भएकाले छानबिन समिति नबनाइ मेयर आफैंले अनुसन्धान गरिरहेको बताइएको छ । अहिले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई दिइएको छ ।

अधिकारी हिजैदेखि बिदामा बसेकाले हिजोको नियमित नगरकार्यपालिका बैठकमा कोइराला सहभागी भएका थिए । केही दिनअघि सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा पनि निलम्बनमा परेका छन् ।

निर्माणसम्बन्धी काममा प्रश्न उठेपछि उनी निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार