2026-06-29 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भिटर रोकलाई बार्सिलोनामा १९ नम्बरको जर्सी

पुस १८, काठमाडौँ | भर्खर बार्सिलोनामा अनुबन्धित भएका ब्राजिलियन युवा फरवार्ड भिटर रोकलाई बार्सिलोनाले १९ नम्बरको जर्सी दिएको छ। १ साता अघि ब्राजिलियन क्लब एथ्लेटिको पारानान्सेबाट क्याटलान क्लब बार्सिलोनामा अनुबन्धन भएका रोकलाई १९ नम्बरको जर्सी दिएको बार्सिलोना क्लबले जनाएको छ।

रोकले पारानान्सेमा ९ नम्बरको जर्सीबाट खेल्दै आएका थिए। बार्सिलोनामा ९ नम्बरको जर्सी रोबर्टो लेवान्डोस्कीले लगाउँदै आएका छन्।


रोकभन्दा अघि १९ नम्बरको जर्सीबाट १८ जनाले बार्सिलोनामा खेलिसकेका छन्। रोकभन्दा पहिलो फ्रान्क केसेईले सिजन २०२२/२३ मा १९ नम्बरको जर्सी लगाएका थिए। केसेइभन्दा अघि १९ नम्बर जर्सीबाट फेरान टोरेसले खेलेका थिए। उसमान डेम्बेचले पीएसजी पुगेपछि अहिले ७ नम्बर जर्सीबाट टोरेसले खेल्दै आएका छन्। टोरेसभन्दा अघि अग्युरोले १९ नम्बरको जर्सी लगाएका थिए।

रोक गत समर सिजनमै बार्सिलोनामा अनुबन्धित भए पनि जनवरीबाट मात्रै बार्सिलोना आउने सम्झौता भएको थियो। सोही अनुसार उनी १ साताअघि बार्सिलोना उत्रिएका थिए। १८ वर्षीय युवा फरवार्डसँग बार्सिलोनाले सन् २०३१ सम्मको सम्झौता गरेको छ। 

बार्सिलोना उत्रिएपछि रोकले मिडियासँग कुराकानी गर्दै बार्सिलोनाबाट खेल्ने आफ्नो सपना पूरा भएको बताएका थिए। फरवार्ड लाइन भरपर्दो नभएको अवस्थामा भित्र्याइएका रोकबाट बार्सिलोनाले धेरै आशा गरेको छ। बार्सिलोना अहिले ला–लिगामा चौथो स्थानमा छ। पहिलो स्थानको रियल मड्रिडभन्दा बार्सिलोना ७ अंकले पछि छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी