2026-09-07 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ब्ल्याक होलको अध्ययनका लागि भारतले पठायो स्याटेलाइट

एजेन्सी | सन् २०२४ को पहिलो दिनमै भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले इतिहास रचेको छ । भारतले सोमबार जनवरी १ मा विश्वकै दोस्रो यस्तो स्याटेलाइट प्रक्षेपण गरेको छ जसले ब्ल्याक होल, पल्सर, आकाशगंगा तथा विकिरण आदिको अध्ययन गर्नेछ । यसअघि विश्वमा पहिलोपटक अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२१ मा यस्तै स्याटेलाइट प्रक्षेपण गरेको थियो ।

हाल भारतले प्रक्षेपण गरेको स्याटेलाइटको नाम एक्सरे पोलारिमिटर स्याटेलाइट (एक्सपोस्याट) रहेको छ । यससँग भारतले अन्य विभिन्न १० वटा पे लोड (उपकरण) समेत अन्तरीक्षमा पठाएको छ ।

एक्सपोस्याटको आयु ५ वर्षको हुने बताइएको छ । भारतीय समय अनुसार सोमबार बिहान ९ बजेर १० मिनेटमा गरिएको उक्त स्याटेलाइटको प्रक्षेपण पिएसएलभी रकेट श्रृंखलाको ६०औं प्रक्षेपण हो । रोचक त के भने स्याटेलाइट प्रक्षेपणको अघिल्लो दिन वैज्ञानिकहरुले तिरुपति मन्दिरमा बैंकटेश्वरको पूजाआजा गरेका थिए ।

६५० किलोमिटरको उचाइमा तैनाथ

यो स्याटेलाइटले अन्तरिक्षमा हुने विकिरणको अध्ययन गर्नेछ । साथै यसले विकिरणका स्रोतहरुको पनि तस्वीर खिच्नेछ । रमन रिसर्च इन्स्टिच्यूटले स्याटेलाइटमा जडित टेलिस्कोप निर्माण गरेको हो ।

यो स्याटेलाइटले ब्रम्हाण्डमा सबैभन्दा धेरै चम्किने ५० वटा स्रोतहरुको अध्ययन गर्नेछ, जसमा पल्सर, ब्ल्याक होल एक्सरे बाइनरी, एक्टिभ ग्यालेक्टिक न्यूक्लियाई, नन थर्मल सुपरनोभालगायतका रहेका छन् । यो स्याटेलाइट साढे ६सय किलोमिटरको उचाइमा तैनाथ हुनेछ ।

इसरोले ७ वर्षअघि सन् २०१७ मा यो मिसनको सुरुवात गरेको थियो जसमा करिब साढे ९ करोड डलर खर्च भएको छ ।

श्रीहरिकोटाबाट प्रक्षेपण भएको करीब २२ मिनेटपछि नै एक्सपोस्याट स्याटेलाइट आफ्नो कक्षमा स्थापित भैसकेको थियो ।

यो स्याटेलाईटमा दुईवटा पेलोड रहेका छन् । जसमा पहिलो पोलिक्स र दोस्रो एक्सपेक्ट छन् । एक्सपोस्याटको लागत २५ करोड भारु रहेको बताइएको छ ।

इसरोका अनुसार यो अन्तरिक्ष मिसनले ब्ल्याक होलका बारेमा हालसम्म रहेको ज्ञानलाई बढाउनमा सहयोग गर्नेछ ।

ब्लाक होल अर्थात् कालो छिद्र भनेको अन्तरीक्षको यस्तो क्षेत्र हो जहाँ पदार्थहरु आफैमा विलिन हुन्छन् । ब्ल्याक होलको गुरुत्वाकर्षण बल यति ससक्त हुन्छ कि प्रकाश समेत त्यसबाट भाग्न सक्दैन ।

कतिपय ठूला ताराहरु विस्फोट भएर अन्त्य हुने क्रममा ब्ल्याक होलको निर्माण हुन्छ । कतिपय ब्ल्याक होलहरु इति विशाल हुन्छन् कि यिनको आकार सूर्यको भन्दा अर्बौं गुणा ठूलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ