१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमतीको ब्वाइफ्रेन्डसँग दुई कठ्ठा जग्गा माग, नदिएपछि गोली हानी हत्या

१८ पुष २०८०, बुधबार ११:४६

पुस १८, दाङ । घोराही उपमहानगरपालिका ६ अघराका ४५ वर्षीय शिवराज केसीको हत्या उनकै गर्लफ्रेन्डका श्रीमानले गरेको खुलेको छ । केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका ४ गदारी जंगलको कोइला खानीमा छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा भेटिएको थियो ।

शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।

प्रहरी आज पत्रकार सम्मेलनगरी शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत वर्षदेखि प्रेम सम्बन्धमा रहेको र उनीहरूको प्रेमका बारेमा श्रीमान जानकार रहेको बतायो । ‘शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत वर्षदेखि प्रेम सम्बन्धमा थिए’, पत्रकार सम्मेलनमा दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले भन, ‘श्रीमती परपुरूषको प्रेममा भएको श्रीमान जानकार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’


पछि शेरबहादुरले श्रीमती प्रयोग गरेर शिवराजसँग सम्पत्ति हडप्न खोजेको प्रहरीको भनाइ छ । एसपी केसीका अनुसार पुस ८ गते दिपाले प्रेमी शिवराजलाई श्रीमानको योजनामा फोन गरेर कोइलाखानी बोलाएकी थिइन् । प्रेमीका भेट्न कोइलाखानी पुगेका शिवराजलाई सुरूङभित्र लगेर बन्धक बनाइ दुई कठ्ठा जग्गा दिन दबाब दिइएको थियो ।

‘श्रीमान श्रीमती दुवैले कि दुई कठ्ठा जग्गा दे । नत्र गोली हानेर मार्छौ भनेका रहेछन्’, एसपी केसीले भने, ‘शिवराजले जग्गा दिन अस्वीकार गरेपछि छातीमा गोली हानेर हत्या गरिएको रहेछ ।’ प्रहरीका अनुसार शिवराजको हत्यामा प्रयोग गरिएको भरूवा बन्दुक अवैध हो ।

अभियुक्तहरू घटनापछि नयाँ दिल्ली पुगेको र भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तहरुको बयानको आधारमा व्यक्ति हत्यामा प्रयोग गरिएको बन्दुक र त्यसमा लाग्ने गोलिका खोका प्रहरीले बरामद गरिसकेको छ । घटना बारे विस्तृतरुपमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए । उनी सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार