३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकामा १७ वर्षीय विद्यार्थीले स्कुलमा चलाए गोली, एकको मृत्यु, पाँच घाइते

२० पुष २०८०, शुक्रबार ०५:५३

एजेन्सी | अमेरिकाको आयोवा राज्यको एक हाइस्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन एक विद्यार्थीले ६ जनाविरुद्ध गोली हानेका हुन्। 

बीबीसीको समाचारअनुसार गोली लाग्नेमा पाँच विद्यार्थी र एक विद्यालय प्रशासक छन्। गोली लागेर मृत्यु भएका विद्यार्थी कक्षा ६ मा पढ्थे। 

प्रहरीका अनुसार गोली चलाउने संदिग्ध १७ वर्षीय विद्यार्थी डेलोन बटलर हुन्। उनले बन्दुक र ह्यान्ड ग्रेनेड ल्याएका थिए।

आपराधिक अनुसन्धानको आयोवा डिभिजनका सहायक निर्देशक मिच मोर्टवेटले अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको बताएका छन्। 

उनले गोली चलेको समयमा नै विद्यार्थीले सामाजिक सञ्जालमा धेरै पोस्ट गरेको बताए। मोर्टभेटका अनुसार घाइतेमध्ये एकको अवस्था चिन्ताजनक छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट