नन्दराम जैशी | असोज ३०, जुम्ला | यस बर्षको राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट जुम्लाका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | असोज ३०, जुम्ला | यस बर्षको राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट जुम्लाका "/>
2026-10-15 08:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट देशभरका ५ कृषक सम्मानित

जुम्लाका मौरीपालक कृषक रामकृष्ण बुढ्थापा सम्मानित 

नन्दराम जैशी | असोज ३०, जुम्ला | यस बर्षको राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट जुम्लाका मौरीपालक कृषक रामकृष्ण बुढ्थापा सम्मानित हुनु भएको छ । आज परेको विश्व खाद्य दिवसका अवसरमा नेपाल सरकारले बुढ्थापालाइ राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट सम्मानित गरेको हो । जिल्ला कृषि विकास कार्यालय जुम्ला तथा राष्ट्रिय मौरी पालन विकास कार्यक्रम गोदावरी ललितपुर र ब्यवसायिक किट विकास निर्देशनाय काठ्माडौको सिफारिसमा पुरस्कारबाट बुढ्थापालाइ सम्मान गरीएको बताइएको छ ।       

राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट देशभरीका ६ जना मौरीपालक कृषकलाइ सम्मान गरीएको छ । जसमा एपि सेरानामा जातको मौरीपालन तर्फ चन्दननाथ नगरपालिका ३ जुम्लाका कृषक रामकृष्ण बुढ्थापा, धादिङकानारायण घिमिरे र कास्कीका शिवराम भण्डारी पुरस्कृत भएका छन् । भने एपि मेलिफेरा जातको मौरीपालन तर्फसर्लाहिका मनोजराज सिंह र नवलपरासिका २ जना मौरीपालक कृषक पुरस्कृत भएका छन् । राष्ट्रिय पुरस्कार पाउनु भएका सबै कृषकलाइ उनिहरुकै जिल्लामा मनाइने विश्व खाद्य दिवसका अवसरमा सम्मानित गरीने जनाइएको छ ।   

यसैबिच आज राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट सम्मानित भएको खबर सुनेपछि जुम्लाका मौरीपालक तथा बरीष्ठ कृषक रामकृष्ण बुढ्थापाले खुसि ब्यक्त गर्नुभयो । उहाले भन्नुभयो, जुम्लामा मौरी पालनका लागि जति संभावना छ, त्यो भन्दा बढि चुनौति रहेको छ । तर पनि लामो समयदेखि विभिन्न चुनौतिको सामना गर्दै मौरीपालनमा लाग्दा आज राष्ट्रिय पुरस्कारबाट सम्मानित भँए, म निकै नि खुसि छु उहाले बताउनुभयो । विश्मै दुर्लभ मानिएको एपि सेरानामा जातको मौरीपालन गर्दै आउनु भएका बुढ्थापाले जुम्लाको मौरीपालन क्षेत्र तथा मौरीपालक कृषकको विकासका लागि अझैँ राज्यले उदानसिता देखाएको बताउनुभयो ।  

विभिन्न औषधिको रुपमा समेत प्रयोग हुदै आएको महमध्य बुढ्थापा लगाएत जुम्लामा उत्पादन हुदै आएको एपि सेरानामा जातको मौरीको मह विश्वमै उत्कृष्ठ मानिएको छ । जुम्लालाइ मह उत्पादनको क्षेत्रका रुपमा चिनाउन र महमा पनि जिल्लाको पहिचान राख्न मौरीपालक सबै कृषकले ब्यवसायिक रुपमा मह उत्पादन गर्नु पर्ने उहाको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने