१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश

२२ पुष २०८०, आईतवार ११:४३

पुस २२, काठमाडौँ | काठमाडौँ जिल्ला अदालतले टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो । 

आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी कसूरको मुद्दामा अदालतले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको ठहर गरेको छ । 


अदालतको आदेशमा भनिएको छ, ‘यसमा यिनै जाहेरवालाले यी प्रतिवादी विरुद्ध उच्च अदालतमा प्रस्तुत मुद्दासँग सम्बन्धित विषयमा दिएको निषेधाज्ञा ०८०–१–००३९ नम्बरको मुद्दा दायर गरी मिति २०८०।०६।२१ मा अन्तरिम आदेशको निरन्तरता नहुने गरी आदेश भैसकेको अवस्था देखिँदा सोही विषयमा यी प्रतिवादीलाई थुनामानै राखी मुद्दा अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिंदा प्रतिवादीलाई हाजिरी जमानीमा राखी मुद्दा अनुसन्धान गर्नु भनी प्रस्तुत आदेश गरिदिएको छ।’

अदालतमा अदालत समक्ष उपस्थित गराइएका  भट्टका तर्फबाट वरिष्ठ अधिवक्ता लव कुमार मैनाली र  सूर्य प्रसाद कोइरालाको बहस गरेका थिए । यस्तै अदालतले जिल्ला प्रहरी परिसर टेकुको मिसिल अध्ययन समेत  गरेको थियो ।  भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएपछि पक्राउ परेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ