२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हलिउड अभिनेता ब्रुस डर्नले नेपाली फिल्म ‘भूठान’मा अभिनय गर्ने

२०८०, २४ पुष मंगलवार ०७:४९

पुस २४, काठमाडौँ | हलिउड अभिनेता ब्रुस डर्नले नेपाली फिल्म ‘भूठान’मा अभिनय गर्ने भएका छन्।

फिल्म ‘बुलबुल’का निर्देशक विनोद पौडेलले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘भूठान’ अर्थात् अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’मा अभिनेता ब्रुसको मुख्य भूमिका रहनेछ। 

विनोदले एजेन्सीमार्फत् स्क्रिप्ट ब्रुसलाई पठाएका थिए। स्क्रिप्ट मन परेपछि उनले फिल्ममा काम गर्न तयार रहेको निर्देशक पौडेलले बताए। 


सन् १९७९ मा डर्न फिल्म ‘कमिङ होम’बाट ओस्कार अवार्डको मनोनयनमा परेका थिए भने फिल्म ‘नेब्रास्का’का लागि उनले सन् २०१३ मा ‘कान्स फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।

ब्रिटिश एकेडेमी फिल्म अवार्ड, जिनी पुरस्कार र गोल्डेन ग्लोब्स अवार्डमा समेत धेरैपटक मनोनयनमा परेका उनले ५० बढी फिल्म तथा टेलिभिजन सिरिजमा अभिनय गरेका छन्।

फिल्ममा यसअघि हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन लगायत अनुबन्धित भइसकेका छन्। सन् २०१९ मा भुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा छानिएको ‘भूठान’मा सुसन प्रजापतिको छायांकन रहनेछ। फिल्म नेपाली र अंग्रेजी भाषामा बन्नेछ।

एलएन अधिकारी र कौशिला खनाल कार्यकारी निर्माता रहेको फिल्ममा दीपक गजमेर लाईन प्रोड्युसरमा छन् भने सन् २०१७ मा हलिउडको ‘ला ला ल्याण्ड’ फिल्मबाट अस्कर जितेका स्टार झाउ पनि एसोशियट निर्मातामा छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी