८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

सेवाग्राहिको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सेवा अवधि बढायो

१ कार्तिक २०७३, सोमबार ०१:४४


पूर्णप्रसाद न्यौपाने/कार्तिक १,ओखलढुंगा । दशैंको विदा पछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा सेवाग्राहीको भिड निकै बढेको छ । दशैं मनाउन घर आएकाहरु यति बेला जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता प्रमाण पत्र लिने तथा राहदानी वनाउने काममा लागे पछि प्रशासन कार्यालयमा सेवाग्राहीको भिड ह्वात्तै बढेको हो । 

दशै विदा पछिको दोस्रो सेवा दिन आईतबार सेवाग्राहिको भिड यो आर्थिक वर्षकै सबैभन्दा बढि देखिएको थियो । आईतबार ४० जनाले नयाँ नागरिकता लिएको र ३० जनाले राहदानी सिफारीस सेवा लिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । अन्य सेवा र परामर्शका लागि आउने सेवाग्राहिको संख्या पनि उत्तीकै रहेकोे उहाँको भनाई छ । 

सेवाग्राहिको चाप बढेपछि प्रशासनले सेवा अवधि बढाएको छ । अहिले विहान ८ बजेदेखि साँझ ६ बजे सम्म सेवा प्रवाह भईरहेको कार्यालयले जनाएको छ । सोमबार पनि विहान ७ बजे देखि नै सेवाग्राहि लाईनमा बसिसकेका छन् । 

सेवाग्राहिको भिड लागेपनि ओखलढुंगाका अधिकांश कार्यालयका कर्मचारीको भने दशैँ अझै सकिएको छैन् । दशैँ मनाउन घर गएका कर्मचारीहरु अझै कार्यलयमा फर्कीएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता