२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीपका वकिलले भने– सन्दिप दोषी होइन, माथिल्लो अदालतमा च्यालेन्ज गर्छौं

२०८०, २५ पुष बुधबार ११:५०

पुस २५, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंले सुनाएको फैसलाविरुद्ध उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज घिमिरेले फैसलाप्रति आफ्नाे पक्ष असन्तुष्ट रहेको बताए ।

जिल्ला अदालतमा पत्रकारहरुसँग कुरा गर्दै उनले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको तर्क गरे । न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको उनको भनाइ थियो ।


सम्मानित जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले मात्रै सजाय निर्धारण सम्बन्धि बहसमा आफूहरुले भाग लिएको घिमिरेले स्पष्ट पारेका छन् ।

घिमिरेको भनाइ यसप्रकार छः

‘हामी सन्दीप लामिछाने शुरुवातीका दिनदेखि निर्दोष हो भन्ने मान्यता राख्छौं । र ऊ पनि आफू निर्दोष छु भन्ने कुरामा पूर्ण विश्वस्त छ । हामीलाई सम्मानित अदालतको स्वतन्त्र, निष्पक्षमा अटल विश्वास छ । र, त्यो हुँदाहुँदै पनि सम्मानित अदालतले गरेको दोषी ठहर गर्ने जुन फैसला गरेको छ, त्यसमा हाम्रो गम्भीर आपत्ति छ । फैसलालाई च्यालेन्ज गर्ने हाम्रो अधिकारको उपयोग गर्नेछौं ।

कुनै पनि वस्तुगत आधार, प्रमाणहरुले दोषी नदेखिँदा नदेखिँदै पनि सन्दीप लामिछाने दोषी करार भएको अवस्था छ । यो सजाय र फैसला पूर्वाग्रही भयो । न्यायालयले फैसला सुनाउँदाखेरी कुनै आधार र प्रमाण लिएको हुनुपर्ने हो । त्यो गरिएको छैन । त्यसमा हाम्रो आपत्ति र डिसेन्टिङ ओपनियन छ । हामी माथिल्लो अदालतमा गएर त्यसलाई च्यालेन्ज गर्छौं ।

हामी दोषी होइनौं, हाम्रो पक्ष दोषी होइन । सन्दिप लामिछाने आफैंले आफू निर्दोष रहेको कुराको दलिल गरेको छ । कुनैपनि कुराको आधार, कारण, प्रमाणहरुले सन्दीप दोषी देखिँदैनन् । तर अदालतले दिएको आदेश फेरी हामीले मान्नुपनि पर्नेहुन्छ । त्यसलाई अन्यथा भन्नका लागि हामी उच्च अदालत गएर नै दाबी गर्छौ । दोषी भएको कुरामा हामीलाई विश्वास भएन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी