१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दश मिनेटमा पैसा ‘डबल’ बनाइदिन्छु भन्दै ७ लाख लिएर फरार युवक पक्राउ

२६ पुष २०८०, बिहीबार ०९:४८

पुस २६, काठमाडौँ | दश मिनेटभित्र पैसा ‘डबल’ बनाइदिन्छु भन्दै ७ लाख लिएर फरार भएका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुपाल्चोक चौतारा सांगाचोकगढि नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने २६ वर्षीय कुमार लामालाई प्रहरीले स्वयम्भूबाट नियन्त्रणमा लिएको हो।


गत पुस १६ गते सल्यान छत्रेश्वरी गाउँपालिका-४ घर भई दाङ तुलसीपुर-५ बस्ने सुरेन्द्र वलीसँग दश मिनेट भित्रमा पैसा डबल बनाई दिन्छु भन्दै नक्कली पैसाको भिडियो देखाएर विभिन्न प्रलोभनमा पारी निजसँग रहेको सात लाख लिई लामा फरार भएका थिए।

सोही सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट ६० हजार नगद र एक थान मोबाइल बरामद भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो