कात्तिक १, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यहाँबाट सञ्चालनमा आए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यहाँबाट सञ्चालनमा आए"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा

१ कार्तिक २०७३, सोमबार ०३:११

कात्तिक १, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि उक्त पक्षले महाकाली समितिका नेतृत्वले तोडफोड गरेको दाबी गर्दै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली समितिका वरिष्ठ उपाध्यक्ष पदमसिंह भाट, उपकारकोष उपाध्यक्ष डम्बर पन्त र महासचिव विष्णु कँडेललाई आइतबार साँझ नियन्त्रणमा लिएको हो । 

शुक्लाफाँटा प्रालिले समिति दर्ता गरी बस सञ्चालनमा ल्याएपछि बस समितिबीच विवाद बढेको छ । यहाँस्थित महाकाली सेती यातायात समिति र पवनदुत समिति सम्बद्ध मजदुरले शुक्लाफाँटाको ना ५ ख ४१५० नम्बरको बस तोडफोड गरेपछि पूर्व पश्चिम राजमार्ग समेत केहीबेर अवरुद्ध बनेको थियो । 

त्यसैगरी आफ्ना पदाधिकारीलाई नियन्त्रणमा लिएको विरोधमा आजदेखि महाकाली र पवनदुत बस समितिले यातायात बन्द गर्ने चेतावनी दिएको छ । 

शुक्लाफाँटाले प्रालिको अवधारण पूरा नगरेको र पूर्वी रुटमा चलेका पुराना गाडी समिति दर्ता गरेर यहाँ सञ्चालनमा ल्याएकोमा महाकाली र पवनदुत समितिले आपत्ति जनाउँदै आएको छ । उनीहरुले प्रालिले नयाँ बस ल्याउनुपर्ने भन्दै यातायात सञ्चालनमा अवरुद्ध पार्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ?