2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

युवा तथा खेलकुद मन्त्रालयले मकवानपुरमा ४० जनालाई मेसिन सम्वन्धि तालिम दिने

पुस २९,
मकवानपुर /
 युवा तथा खेलकुद मन्त्रालयले युवा लक्षित विभिन्न सिपमुलक तालिम सञ्चालन गर्ने भएको
छ । जस अनुसार मकवानपुरमा २० ,२० जनालाई मेसिन सम्वधि ४० दिने तालिम संचालन हुने भएको हो । मेसिन
सम्वन्धि तालिम मकवानपुर सहित रुसुवा, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, गोरखा, दोलखा, रामेछाप, नुवाकोट,
सिन्धुली, गुल्मी, बर्दिया र कालिकोटमा संचालन हुने जनाइएको छ ।

त्यस्तै अन्य जिल्लाहरुमा पनि मन्त्रालयले बेमौसमी तरकारी खेती, गाइपालन, बाख्रापालन,
ब्यूटिसियन, खाद्य तथा फलफूल प्रशोधन, स्टिल फिक्चर्स, सुरक्षा गार्ड, विषादीररसायनिक मल प्रयोग
विधिसहित १७ वटा क्षेत्रमा युवा लक्षित तालिम सञ्चालन गर्न लागेको हो । यी क्षेत्रमा देश भर वाट एक हजार
४० जनालाई तालिम दिन मन्त्रालयले आवेदन माग गरेको छ ।

आवेदन
दिएकामध्ये छनौट भएकालाई १५ दिनदेखि ३ महिनासम्मको तालिम दिन लागिएको मन्त्रालयले जनाएको छ । साक्षरदेखि
कक्षा १२ उत्तिर्ण गरेकाले आवेदन दिन सक्नेछन् । तालिममा सहभागी हुन चाहानेले आफ्नो शैक्षिक योग्यताको
प्रमाणपत्रको प्रमाणित प्रतिलिपीसहित घरेलु तथा साना उद्योग कार्यालय वा घरेलु तथा साना उद्योग विकास
समितिमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल