२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

भेटियो जंगबहादुर राणाका पालाको स्वस्थानी व्रतकथा

२०८०, २९ पुष आईतवार ०३:३५

पुस २९, काठमाडौँ | “तब देवताहरू डराई भाग्न लाग्या। हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या। तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ। तेसलाई युद्ध गरी को जित्न सक्ला। अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई मृगस्थलीमा बसी रह्या।” 

यो अनुच्छेद पढ्दा सहजै अनुमान लगाउन सकिन्छ, पक्कै पनि स्वस्थानी व्रतकथाको किताबबाट लिइएको हो। यसको भाषा वर्तमान बोलीचालीको नभई प्रधानमन्त्री जङ्गबहादुरको पालाको हो। 

चन्द्रलाल मुमिकश श्रेष्ठले विसं १९१५ अर्थात् १६५ वर्षअघि लेखेको ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ बाट लिइएको अनुच्छेद हो यो। उनले संखुवासभाको चैनपुरमा रहँदा यो पुस्तक लेखेका थिए। चैनपुरको एउटा घरमा सुरक्षित राखिएको हस्तलिखित ग्रन्थलाई छपाइ गरी शनिबार सार्वजनिक गरिएको छ। श्रेष्ठ परिवार २७५ वर्षअघि ललितपुरको कुम्भेश्वरबाट सङ्खुवासभाको चैनपुर पुगेको थियो।

चन्द्रलाल मुमिकश श्रेष्ठ लिखित स्वस्थानी प्रकाशन समूहका संयोजक निराकार श्रेष्ठले त्यसबेला नेवार समुदायको आवश्यकतालाई मनन गरी आफ्नै परिवेशमा स्वस्थानी व्रतकथाको रचना गर्नु महत्वपूर्ण भएको बताए। उनले भने, “यो ग्रन्थलाई चैनपुरमा संरक्षण गर्दै आएका थियौँ। घर घरमा पाठ गर्ने यो धार्मिक ग्रन्थलाई सबैको पहुँचमा पुयौउन छापेका हौँ।”

बजारमा पाइने स्वस्थानी व्रतकथाका पुस्तकमा ३१ अध्याय भए पनि चैनपुरको ऐतिहासिक स्वस्थानी व्रतकथामा २२ अध्याय लेखिएको छ। नेपाली भाषामा लेखिएको यो व्रतकथामा बजारमा पाइने पुस्तकमा रहेका अध्यायभन्दा साना छन्। गोमा ब्राह्मणीले पुत्र नवराजलाई परदेश नजान सम्झाउँदै गरेको दृश्यलाई व्रतकथामा यसरी उल्लेख गरिएको छ, “तँ गयापछि तेरी स्त्री चन्द्रावती पनि बस्न्या छैन। माइत जान्या छ। एस अर्थले जान्छु नभन।” भाषा अध्ययन गर्नेका लागि पनि यो पुस्तक स्रोत सामग्री बन्न सक्छ।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने स्वस्थानी व्रतकथा एक महिनासम्म चल्छ। यस पटक आगामी माघ ११ गतेदेखि स्वस्थानी व्रत सुरु हुँदै छ। 

स्वस्थानी व्रतकथाको सबैभन्दा पुरानो पुस्तक विसं १६२९ को फेला परेको छ। यो संस्कृत भाषामा लेखिएको छ। यो व्रतकथाका पुस्तक उपत्यकाबाहेक पाल्पा, गोर्खालगायत जिल्लामा पनि लेखिएका थिए। नेपाल (नेवारी), मैथली, हिन्दी भाषामा पनि लेखिएको फेला परेको छ। राष्ट्रिय अभिलेखालयमा हस्तलिखित स्वस्थानी कथा डिजिटाइजेसन गरिएको छ।

चैनपुरको ऐतिहासिक स्वस्थानी सार्वजनिक गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुरानो स्वस्थानी व्रतकथाको पुस्तकले धर्म संस्कृतिका क्षेत्रमा नयाँ आयाम थपेको बताउँदै गुनासो गरे, “सार्वजनिक खरिद ऐन सम्पदा संरक्षणका लागि बाधक बनेको छ। यसमा परिवर्तन गर्न नसकिए सम्पदा संरक्षण गर्न निकै मुस्किल हुँदै जाने छ।”

पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सबैभन्दा पहिले नेवारीमा, त्यसपछि संस्कृतमा स्वस्थानी व्रतकथाको पुस्तक लेखिएको बताउँदै थप्नुभयो, “साल नै उल्लेख भएकाले चैनपुरको स्वस्थानी व्रतकथाको पुस्तक अझ आधिकारिक छ।” प्रकाशन समूहका संयोजक श्रेष्ठले हस्तलिखित ग्रन्थ सुरक्षा र सबैको पहुँचका लागि राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिने बताए। चैनपुरको ऐतिहासिक स्वस्थानीको लिप्यन्तरण भीष्म बाँस्कोटाले गरेका छन्। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी