2026-07-25 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारी सहित ९ जना आरोपित

माघ १, मुगु | मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेका  छन्। 

छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि  ९ जनाले सामुहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। 

सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) विरेन्द्रबहादुर थापाले बताए । 

गत भदौमा भएको बलात्कार घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप लगाइएको छ । बालिकाको गर्भमा भ्रूण हुर्कँदै गएपछि घटना सार्वजनिक भएको हो । 

थापाका अनुसार छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३० वर्षीय नगरप्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाया लगायत १४ वर्ष मुनिका ३ जना नाबालकहरूलाई पक्राउ गरेको बताए। 

बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य ३ जना नाबालकहरू भने फरार रहेका छन्। बालिकाले दिएको जाहेरीका आधारमा उनीहरूले भदौ र असोजमा गरी पटक–पटक बालिकामाथि सामुहिक बलात्कार गरेको खुलेको मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपि) थापाले जानकारी दिए।

बालिकाले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी बसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए। डेराबाहिर आएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पुर्याएका थिए।

त्यसपछि अनेक लालचमा पारेर नगर प्रहरी कार्की, बसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई करणी गरेको बालिकाको आरोप छ। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक