१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कोरियाको उत्पादनमूलक क्षेत्रको ईपीएस भाषा परीक्षा केही ढिलागरी हुने

२ माघ २०८०, मंगलवार ०९:२७

माघ २, काठमाडौँ | दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा केही ढिलाइ हुने भएको छ ।

यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते (जनवरी २०) देखि परीक्षा सञ्चालन गर्ने सहमती भएपनि उक्त मितिमा परीक्षा सञ्चालन नहुने निश्चित भएको हो।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार सञ्चालनका लागि तयारी नपुग्दा परीक्षा करिव एक महिना पछि धकेलिने भएको छ। एचआरडी कोरियाले ईपीएस शाखालाई माघ २१ गते (फेब्रुअरी ४) मा सूचना जारी गर्ने गरी तयारी गर्न भनेको छ। 

महानिर्देशक घिमिरेले भने ‘उनीहरूको कम्प्युटर सिस्टममा पहिला ५ डिजिटको मात्रै रहेछ । भर्खरै त्यो ६ डिजिटको बनायो । अहिले १ लाख ६४ हजारको विवरण कोरिया पठाएर काम हुँदा अलिकति टाइम लाग्ला जस्तो देखियो । अब फेब्रअरीको ४ (माघ २१ गते) बाट सूचना निकाल्नुपर्ला भनेर टाइम दिएका छन्’।

भाषा परीक्षाका लागि आवेदन दिनेको संख्या धेरै भएपछि यसअघि तयारी गरेको मितिमा परीक्षा सञ्चालन गर्न नसकिएको एचआरडी कोरियाले ईपीएस शाखालाई जानकारी गराएको छ।

यसअघि कम्प्युटरबाट परीक्षा दिँदा एक लाखभन्दा कम भएको र सोही अनुसारको प्रणालि तयार रहेको तर अहिले एकलाख बढी आवेदक भएपछि प्रणालिमा केही परिवर्तन गर्नु पर्ने भएकाले परीक्षा सञ्चालनमा केही ढिलाइ भएको महानिदर्देशक घिमिरेले बताए।

उत्पादनमुलक क्षेत्रको रोजगारीका लागि हुने भाषा परीक्षामा करिव १ लाख ६४ हजार जनाले आवेदन दिएका छन्। उनीहरूलाई तीन चरणमा भाषा परीक्षामा सहभागी गराइने छ।  एचआरडी कोरियाले भाषा परीक्षा तीन चरणमा गर्ने गरी तयारी गरेको हो । ठूलो संख्यामा आवेदन परेकाले तीन चरणमा परीक्षा सञ्चालन गर्नेगरी एचआरडी कोरियाले तयारी गरेको हो ।

पहिलो चरणमा ४७ हजारले परीक्षा दिन पाउने छन्। दोस्रो चरणमा ८० हजार र बाँकीले तेस्रो चरणमा भाषा परीक्षामा सहभागी हुन पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन