2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

उद्योगबाटै ६ हजार सिलिण्डर ग्यास गायब

पुस २९, मकवानपुर / नाकाबन्दीपछिको झण्डै चार
महिनाको अवधिमा हेटौडा बसामाडीमा रहेको सहारा ग्यास उद्योगबाट ६ हजार ३ सय वटा आधा भरिएका सिलिण्डर
हराएका छन् । उद्योगमा नाकाबन्दीपछी अहिलेसम्म १५ बुलेट ग्यास भित्रिएको छ । १५ बुलेट ग्यासबाट आधा
सिलिण्डर ग्यास ३७ हजार ५ सय वटामा भर्न पुग्छ ।

तर कम्पनीले
जम्मा ३१ हजार ५ सय वटा आधा भरिएका सिलिण्डर बिक्री गरेको छ । बाँकी ६ हजार सिलिण्डर कम्पनीमा पनि
नरहेको र बजारमा पनि पठाएको नपाइएकाले उसले ती सिलिण्डर कालोबजारी गरेको आशंका गरिएको हो ।ग्यासको अभाव
हुँदा दाउरा बालेर खाना बनाउन बाध्य भएको बेलामा उद्योगले कालोबजारीमा ग्यास बिक्री गरेको भन्दै
उपभोक्ताले बिरोध गरेका छन् ।

सहारा ग्यास उद्योगका म्यानेजर
सुदिप घिमिरेले भने आफ्नो कम्पनीमा १५ वटा बुलेट भित्रिएको र त्यो ग्यास ३७ हजार ५ सय वटा सिलिण्डरमा
आधा भरेर बजारमा पठाएको दावी गर्नुभयो । घिमिरेले कालो बजारी नगरेको दावी गरेपनि कम्पनीले प्रहरी र
स्थानीय प्रशासनलाई ग्यास वितरण बारे दिएको तथ्यांक अनुसार अहिलेसम्म ३१ हजार ५ सय सिलिण्डर मात्र
बिक्री भएको देखिएको छ ।

तर घिमिरेले उद्योगबाट मकवानपुर र
बाहिरी जिल्लामा ग्यास वितरण भएको तथ्याङक भने तीन पटक माग्दा तीन थरी दिनुभएको छ । उद्योगमा ग्यासका
सिलीण्डर पनि छैनन् र बुलेट पनि खाली भइसक्दा ६ हजार भन्दा बढी ग्यासका सिलिण्डर कालो बजारी भएको
मकवानपुरका बासिन्दा र सहारा ग्यासका डिलरहरुको पनि आशंका छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी
रामप्रसाद थपलियाले उद्योगले कालोबजारीमा ग्यास बेचेको पाइए कारवाही गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल