2026-09-06 11:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापानको एयरपोर्टमा फेरि ठोक्किए दुई विमान

माघ ३, काठमाडौं | जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । 2 जनवरीको दिन टोक्योको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् ।

जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार होक्काइडोको न्यू चितोस एयरपोर्टमा स्थानीय समयअनुसार साढे ५ बजे दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् । कोरियन एयरका एक अधिकारीका अनुसार उडान भर्ने बेला क्याथे प्यासेफिक एयरको विमानसँग ठोक्किएका थिए ।

कोरियन विमानमा २८९ यात्री सवार थिए । प्यासेफिक एयरको विमानमा भने यात्रुहरु थिएनन् । यो दुर्घटनापछि न्यु चितोस एयरपोर्टमा विमानहरुको उडान रद्द भएका थिए ।

२ जनवरीमा जापानको हनेडा एयरपोर्टमा दुई विमान ठोक्किएर आगलागी हुँदा कोस्ट गार्डको विमानमा सवार चालक दलका ६ सदस्यहरुमध्ये ५ जनाको ज्यान गएको थियो ।

त्यसबेला जापान एयरलाइन्सको जहाज अवतरणका क्रममा रनवेमा रहेको कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो। त्यसपछि दुवै विमानमा भीषण आगो लागेको थियो। 

त्यसबेला जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ