५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेस्रो टी २० क्रिकेट: भारतले दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हरायो

४ माघ २०८०, बिहीबार ०३:५४

माघ ४, काठमाडौँ | तेस्रो टी २० क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतले दोस्रो सुपर ओभरमा खेल जितेको छ । बुधबार राति भएको खेलमा भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट ब्याटिङका कारण अफगानिस्तानलाई २१३ रनको लक्ष्य दिएको थियो । 

यो ठुलो लक्ष्यको जवाफमा अफगानिस्तानको टोली खेल बराबरी गर्न सफल भयो । दुई टोलीबिच सुपर ओभर खेलिएको थियो जुन बराबरीमा टुङ्गिएको थियो । पहिलो सुपर ओभरमा अफगानिस्तानले १६ रनको लक्ष्य दिएको थियो ।  भारतका रोहित शर्माले तेस्रो र चौथो बलमा छक्का प्रहार गरेपछि जिततर्फ अग्रसर देखिएको भारतले पाँचौँ बलमा विकेट गुमायो भने छैटौँ बलमा एक रन मात्र जोड्न सकेपछि फेरि अर्को सुपर ओभर गराउनु परेको थियो । 

दोस्रो सुपर ओभरमा भारतले १२ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले सुरुका तीन बलमा दुवै विकेट गुमाएपछि भारतले १० रनले खेल जित्दै सिरिज पनि क्लीनस्वीप गर्न सफल भयो ।

टस जितेर ब्याटिङ गरेको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो | भारतले २२ रनमा ४ विकेट गुमाएको थियो । यशस्वी जैसवालले ४ रन, शिवम दुबेले १ रनमा आउट हुँदा विराट कोहली र सञ्जु सामसनले पहिलो बलमै विकेट गुमाएका थिए। तर, रोहित शर्मा र रिंकु सिंहले १९० रनको बलियो साझेदारी गरे । 

रोहित शर्माले ६९ बलमा ११ चौका र ८ छक्का सहित १२१ रनको नटआउट पारि खेल्दा,रिंकु सिंहले ३९ बलमा २ चौका र ६ छक्का सहित ६९ रनको उत्कृष्ट इनिङ खेले । 


अफगानिस्तानका लागि बलर फरीद अहमद मलिकले सर्वाधिक ३ विकेट लिए भने अजमातुल्लाह ओमरजाईले १ विकेट लिए ।

२१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानका ओपनिङ ब्याट्सम्यानले ९३ रनको आक्रामक सुरुवात गरेका थिए । रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले ५०–५० रनको उत्कृष्ट पारी खेले । तर अन्तिम ओभरमा गुलबदिन नाइबले २३ बलमा ४ छक्का र ४ चौकाको मद्दतले खेल बराबरीमा टुङ्ग्याए । नाइबले अन्तिम ओभरमा १८ रन बनाएर खेल बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने