2026-06-27 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रधानमन्त्री कप : कोशी प्रदेशलाई ६४ रनले हराउँदै बागमती प्रदेश विजयी

माघ ५, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले हराउँदै विजयी भएका छन् |

शुक्रबार टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो । जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४७ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय ९ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए । त्यस्तै कप्तान अंकित सुवेदीले ५३ रनको योगदान दिए । बागमतीका लागि बलर इशान पाण्डेले ५ विकेट लिए । 

त्यस्तै सूर्य तामाङले २ विकेट लिए भने रिजन ढकाल र प्रतीक श्रेष्ठले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले बागमतीले ४८ दशमलव ३ ओभरमा अलआउट हुँदै २ सय ७३ रन जोड्यो । 

बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडेका थिए । उनले कूल १६ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतीक श्रेष्ठले १९ रन बनाएका थिए । 

कोशी प्रदेशका लागि बलर अभ्यास तिमिल्सिनाले ३ विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान २- २ विकेट लिएका थिए । त्यस्तै फ्रिर्दोश अन्सारीले १ विकेट लिएका थिए । यो जितसँगै बागमती अंक तालिकामा दोस्रो स्थानमा उक्लिएकोछ । कोशी प्रदेश लगातार पाँचौ हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट