2026-06-29 08:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इरान समर्थित लडाकुद्वारा इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण

माघ ७, बगदाद | इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

पश्चिमी इराकमा इरान समर्थित लडाकुले अल असद शिविरलाई लक्षित गरी धेरै ब्यालेस्टिक क्षेप्यास्त्र र रकेट प्रहार गरेका सेन्टकमले उल्लेख गरेको छ ।

अधिकांश क्षेप्यास्त्रहरू शिविरको हवाइ प्रतिरक्षा प्रणालीले रोकेको थियो तर ‘अन्य केही शिविरमा खस्दा’ केही अमेरिकी ‘कर्मचारी’ लाई चोट लागेको बताइएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “धेरै अमेरिकी कर्मचारीहरूलाई चोटपटक लागेको हुनसक्ने अनुमानपछि उनीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । घटनामा कम्तीमा एक जना इराकी सैनिक घाइते भएका छन् ।”

गत अक्टोबरको मध्यदेखि इराक र सिरियामा इस्लामिक स्टेट समूहका जिहादीविरुद्ध लड्न तैनाथ अमेरिकी तथा गठबन्धन सेनामाथि दर्जनौं आक्रमण भएका छन् ।

गाजा द्वन्द्वमा इजरायललाई अमेरिकी समर्थनको विरोध गर्ने इरानसम्बद्ध सशस्त्र समूहहरूको खुला गठबन्धन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले अधिकांशको दाबी गरेको छ ।

उक्त समूहले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमण गरेको जनाएको छ ।

ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोगले इराक र सिरियामा अमेरिकी सेनामाथिको आक्रमणमा वृद्धि भएको सङ्केत गरेको छ, जसलाई पहिले कम प्रविधिको रकेट र ड्रोनले निशाना बनाइएको थियो ।

गत अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला शनिबारको हवाई आक्रमण भएको हो ।

इरानको दमास्कसमा शनिबार भएको आक्रमणमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरका पाँच सदस्यको पनि मृत्यु भएको थियो ।

गत सोमबार साँझ इरानले उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा ‘यहुदी शासन ९मोसाद० का गुप्तचरहरूले प्रयोग गरेको स्थललाई लक्षित गरी घातक आक्रमण गरेको थियो ।

वासिङ्टनले कैयौँ पटक आक्रमणहरू गरेको छ, जुन उसले थप वा जारी आक्रमणहरू रोक्नको लागि भएको बताएको छ ।

पेन्टागनका अनुसार अक्टोबरको अन्त्यदेखि यसअघिका आक्रमणमा दर्जनौं अमेरिकी सैनिक सामान्य घाइते भएका छन् । इराकमा करिब दुई हजार ५०० र सिरियामा करिब ९०० अमेरिकी सैनिक छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी