२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै अन्नपूर्ण सेरोफेरो

१ कार्तिक २०७३, सोमबार ०८:५६

(वासुदेव पौडेल) | कात्तिक १, पोखरा । पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । 


नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा गर्ने लालसा बोकेर यस क्षेत्रमा पर्यटक आउने गरेका छन् । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पदयात्रामा आउने पर्यटकको सङ्ख्या घटे पनि यस वर्ष पदयात्रामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रेश्मी आचार्यका अनुसार २०१६ को अगस्तमा मात्रै चार हजार तीन सय १० जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरिसकेका छन् । “अघिल्लो वर्षको तुलनामा यस वर्ष पदयात्राका लागि आउने पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ,” उहाँले भन्नुभयो, “यस वर्षको अगस्तसम्म ४५ हजार एक सय ९१ जना पर्यटकले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरिसकेका छन् ।” 

सार्क राष्ट्रबाट अगस्तमा छ सय २० जना पर्यटक पदयात्रामा सहभागी भएका छन् । सन् २०१६ को जनवरीदेखि अगस्तसम्म पदयात्रा गर्ने पर्यटकको सङ्ख्या ११ हजार चार सय ६९ छ । अन्नपूर्ण सेरोफेरो विश्वकै प्रसिद्ध १० वटा ‘टे«किङ रुट’ मध्येमा पाँचौँ स्थानमा पर्ने पर्यटन व्यवसायी एवम् नेपाल ट्रेकिङ एसोसिएसन पश्चिमाञ्चल क्षेत्रीय सङ्घका निवर्तमान अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । 

अन्नपूर्ण सेरोफेरोमा पूर्वाधार विकासको गति बढे पनि कमिसनका लागि अनावश्यक बाटो खन्ने क्रमले यस क्षेत्रका पदमार्गमा प्रत्यक्ष असर पुगेको उहाँको भनाइ छ । “पूर्वाधार विकास हुनु आवश्यक भए पनि त्यसका नाममा पदमार्ग मास्नु पदयात्रा पर्यटनका लागि गम्भीर चुनौती हो,” शर्माले भन्नुभयो, “जथाभावी बाटो खन्ने नाममा पछिल्ला वर्षमा पदमार्गहरू छोट्याउने काम गरिएको छ, जुन पर्यटकीय हिसाबले अनुचित छ ।” 

अन्नपूर्ण सेरोफेरोमा रहेका पदमार्गको संरक्षणका साथै पछिल्ला समयमा विकास हुँदै गएका पोखरा–खयरलेक, पोखरा–हिडेनलेक, तेरिला घाँटी, गुरुङ हेरिटेज ट्रेलजस्ता पदमार्गको प्रचारप्रसार आवश्यक रहेको उहाँले बताउनुभयो । अन्नपूर्ण पदयात्रा अन्य पर्यटकीय गन्तव्यको तुलनामा सहज, उपयुक्त मौसम जस्ता कारण यसप्रति पर्यटकको आकर्षण बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकृत विख्यात शेरचन बताउनुहुन्छ । 

उहाँका अनुसार युरोपेली राष्ट्रका साथै सार्क मुलुकबाट पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या पछिल्ला दिनमा बढिरहेका छन् । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पदयात्रामा आउने पर्यटक घटे पनि यस वर्ष उत्साहजनक रुपमा पर्यटक पदयात्राका लागि आउने गरेको शेरचनको भनाइ छ । अन्नपूर्ण सेरोफेरोमा पदयात्राका लागि विशेषगरी अगस्त, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरका साथै मार्च र अप्रिलमा ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन् । 

अन्नपूर्ण सेरोफेरोमा उपल्लो मुस्ताङ, अन्नपूर्ण सर्किट ट्रेक, अन्नपूर्ण सेक्युरिटी ट्रेक, घान्द्रुक घोरेपानी सर्किट ट्रेक, घलेखर्क सर्किट ट्रेक, राउन्ड मनास्लु, घाद्रुक, घम्पुस, जोमसोम, नारफू लगायतका दर्जनौँ उत्कृष्ट पदयात्रा मार्ग रहेका छन् । नेपालमा आउने विदेशी पर्यटकमध्ये ७५ प्रतिशतभन्दा बढी पदयात्राकै लागि आउने गरेको नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष दीपक अधिकारी बताउनुहुन्छ । 

पछिल्लो समयमा जथाभावी बाटो खन्ने प्रवृत्तिले पदयात्रा पर्यटन प्रभावित बन्दै गएको र सरकारले पदयात्रा मार्गको पहिचान गरी ती क्षेत्रलाई पदयात्रा संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने उहाँको सुझाव छ । पर्याप्त सम्भावना बोकेका अन्नपूर्ण सेरोफेरो लगायतका क्षेत्रको पदयात्रा पर्यटनलाई बचाउन सरकारले दीर्घकालीन सोचका साथ तत्काल पहल थाल्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । 

अन्नपूर्ण सेरोफेरोको अधिकांश खण्डमा मोटर पुगेसँगै पदयात्रा अवधि छोटिँदै जाँदा पदयात्रा पर्यटनमा चुनौती थपिएको बताउने पर्यटन व्यवसायी पदमार्गको संरक्षणका साथै वैकल्पिक पदमार्गको विकास गरिनुपर्ने धारणा राख्छन् । अन्नपूर्ण फेरोको पदयात्रा अवधि २१ दिनको रहेकामा ठाउँठाउँमा बाटो खनिएका कारण अहिले सो पदयात्रामा पाँच÷सात दिनमै सकिने गरेको छ । यस्तो क्रमले लामो समयको पदयात्रा रुचाउने पर्यटकले पदयात्रा मार्गका अन्य विकल्प खोज्ने हुँदा त्यसले भइरहेको पदयात्रा पर्यटन प्रत्यक्ष प्रभावित हुने व्यवसायीको तर्क छ । 

अन्नपूर्ण क्षेत्रमा रहेको पर्यटकीय सम्भाव्यतालाई उजागर गर्न पछिल्ला समयमा विभिन्न सङ्घसंस्था एवम् पर्यटन व्यवसायी पदयात्रा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिन थालेका छन् । हालै अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्गको प्रवद्र्धन गर्न १० बुँदे धम्पुस घोषणापत्र जारी गरिएको छ । गैरआवासीय नेपाली सङ्घ र सेन्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ«े आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालनमा ल्याउन खोजिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान