२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया स्थित FWWMC सँग भएको सम्झौता कार्यान्वयन नगर्ने बोर्डको निर्णय

७ माघ २०८०, आईतवार १४:५४

माघ ७, काठमाडौँ । वैदेशिक रोजगार बोर्डको बैठकले मलेसिया स्थित FWWMC सँग भएको सम्झौता हाल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बोर्ड बैठकले प्रधानमन्त्री र श्रम मन्त्रालयको निर्देशनलाई मान्दै उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो । 

बैठकपछि बोर्डद्वारा जारी बिज्ञप्तिमा भनिएको छ 'वैदेशिक रोजगार बोर्डको मिति २०८०/०७/२१ मा सम्पन्न बोर्ड बैठकको निर्णय बमोजिम वैदेशिक रोजगार बोर्डको सचिवालय र मलेसिया स्थित Foreign Workers Welfare Management Center बीच मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्दार लगायतका कल्याणकारी कार्य गर्ने विषयमा भएको सम्झौता बिभिन्न सरोकारवालाहरुसँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएकाले हाललाई उक्त सम्झौता कार्यान्वयन नगर्न सम्माननीय प्रधानमन्त्रज्यूबाट निर्देशन प्राप्त भएको हुँदा सोहि अनुसार आवश्यक कार्यान्वयनका लागि भनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको च.न. २३१ मिति २०८०/०९/२५ को पत्रबाट लेखि आएकाले उल्लेखित सम्झौता हाल कार्यान्वयन नहुने व्यहोरा यसै बिज्ञप्ति मार्फत सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराइन्छ ।' 

यस अघि बोर्डले कामदारलाई लागत बढाउने गरि मलेसियाको FWWMC सँग सम्झौता गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । बोर्डले FWWMC संगको सम्झौतामा मलेसिया स्थित रोजगार कम्पनीले प्रति कामदार ४५ डलर FWWMC लाई तिर्नुपर्ने र FWWMC ले मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्दार लगायतका कल्याणकारी कार्य गर्ने सहमति थियो । व्यवसायीहरुले उक्त ४५ डलरको कारण मलेसियाले नेपाललाई डिमाण्ड नदिने वा कामदारलाईनै आर्थिक भार पर्ने भन्दै बिरोध गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बोर्डले गरेको उक्त सम्झौता खारेजनै गर्नुपर्ने माग राख्दै आएको छ । तर बोर्डको बैठकले भने FWWMC को सम्झौता बिभिन्न सरोकारवालाहरुसँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएको भन्दै भविष्यमा उक्त सम्झौता कार्यान्वयन गर्न सक्ने नजिर कायमै राखेको छ । 

यस्तो छ बोर्डबाट जारी बिज्ञप्ति: 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता