२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया स्थित FWWMC सँग भएको सम्झौता कार्यान्वयन नगर्ने बोर्डको निर्णय

२०८०, ७ माघ आईतवार १४:५४

माघ ७, काठमाडौँ । वैदेशिक रोजगार बोर्डको बैठकले मलेसिया स्थित FWWMC सँग भएको सम्झौता हाल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बोर्ड बैठकले प्रधानमन्त्री र श्रम मन्त्रालयको निर्देशनलाई मान्दै उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो । 

बैठकपछि बोर्डद्वारा जारी बिज्ञप्तिमा भनिएको छ 'वैदेशिक रोजगार बोर्डको मिति २०८०/०७/२१ मा सम्पन्न बोर्ड बैठकको निर्णय बमोजिम वैदेशिक रोजगार बोर्डको सचिवालय र मलेसिया स्थित Foreign Workers Welfare Management Center बीच मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्दार लगायतका कल्याणकारी कार्य गर्ने विषयमा भएको सम्झौता बिभिन्न सरोकारवालाहरुसँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएकाले हाललाई उक्त सम्झौता कार्यान्वयन नगर्न सम्माननीय प्रधानमन्त्रज्यूबाट निर्देशन प्राप्त भएको हुँदा सोहि अनुसार आवश्यक कार्यान्वयनका लागि भनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको च.न. २३१ मिति २०८०/०९/२५ को पत्रबाट लेखि आएकाले उल्लेखित सम्झौता हाल कार्यान्वयन नहुने व्यहोरा यसै बिज्ञप्ति मार्फत सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराइन्छ ।' 

यस अघि बोर्डले कामदारलाई लागत बढाउने गरि मलेसियाको FWWMC सँग सम्झौता गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । बोर्डले FWWMC संगको सम्झौतामा मलेसिया स्थित रोजगार कम्पनीले प्रति कामदार ४५ डलर FWWMC लाई तिर्नुपर्ने र FWWMC ले मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्दार लगायतका कल्याणकारी कार्य गर्ने सहमति थियो । व्यवसायीहरुले उक्त ४५ डलरको कारण मलेसियाले नेपाललाई डिमाण्ड नदिने वा कामदारलाईनै आर्थिक भार पर्ने भन्दै बिरोध गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बोर्डले गरेको उक्त सम्झौता खारेजनै गर्नुपर्ने माग राख्दै आएको छ । तर बोर्डको बैठकले भने FWWMC को सम्झौता बिभिन्न सरोकारवालाहरुसँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएको भन्दै भविष्यमा उक्त सम्झौता कार्यान्वयन गर्न सक्ने नजिर कायमै राखेको छ । 

यस्तो छ बोर्डबाट जारी बिज्ञप्ति: 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी