६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कृषकद्वारा भन्सार कार्यालयको गेटमै विरोध

१ कार्तिक २०७३, सोमबार ०९:२०

कात्तिक १, कञ्चनपुर । कञ्चनपुर र कैलाली जिल्लाका केरा उत्पादक कृषकले गड्डा चौकी भन्सार कार्यालयको गेटमै केरा तेस्र्याएर आज विरोध जनाएका छन् । 


दुवै जिल्लाका केरा कृषकले प्रयोगशालामा परीक्षण नगरीकनै विषादी राखिएको केरा भारतबाट भित्र्याउने कार्यको विरोध गरेका हुन् । 

“विश्व व्यापार सङ्गठनको मापदण्ड मिचेर विषादी राखेर पकाइएको भारतीय केरा भित्र्याउने कार्यको विरोध गरेका हौँ” कैलालीका केरा व्यवसायी लक्षीराम आचार्यले बताउनुभयो । 

कैलालीका केरा खेतीमा संलग्न कृषक आचार्यले युवा कृषकले जिल्लामै पुग्ने गरी करोडौँ रकम खर्चेर केरा उत्पादन गरे पनि भन्सारमा रहेको सरकारी निकायले निर्वाध परीक्षण नगरिकनै भारतीय केरा भित्र्याउन दिँदा यहाँका कृषकको लगानी जोखिममा परेको बताउनुभयो । 

कञ्चनपुरका केरा कृषक लोकेन्द्र लम्सालले गैरकानुनी ढङ्गबाट केरा नेपाल भित्र्याउने कार्यले अर्थतन्त्रमा नकारात्मक असर पुगेको बताउनुभयो । 

“भारतबाट आउने केरा प्रयोगशालामा परीक्षण गरेरमात्रै आयात हुनुपर्ने व्यवस्था भएपनि प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीका कर्मचारीले अाँँखाले हेरेर प्रमाणपत्र दिने भएकाले भारतीय केरा व्यवसायीलाई सहज भएको छ” – उहाँले भन्नुभयो । 

प्रयोगशालामा परीक्षण नगरिकनै केरा भित्र्याउने कार्यको विरोध गरेका छौँ, उहाँले भन्नुभयो – “अखाद्य केराको परीक्षण गर्ने व्यवस्था नहुँदासम्म भित्र्याउन दिँदैनौँ, यसका लागि थप आन्दोलनका कार्यक्रम अगाडि बढाइन्छ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध