२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘लिभिङ टुगेदर’मा बस्दै आएका प्रेमीले सफिनाको हत्या गरेको खुलासा

२०८०, ८ माघ सोमबार ०७:०५

माघ ८, काठमाडौं | काठमाडौँमा भएको एक गम्भीर अपराध तीन महिनापछि सार्वजनिक भएको छ। विश्वासमा ‘लिभिङ टुगेदर’मा रहेका एक प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । प्रहरीले आरोपीलाई तीन महिनापछि पक्राउ गरेको छ। तनहुँ भीमदत्त नगरपालिका– १ की ५१ वर्षीया सफिना मियाँको हत्या ‘लिभिङ टुगेदर’मा ले गरेको खुलेको छ।

हत्यामा संलग्न अभियुक्त भारत बिहार दरभंगा लालबागका ४७ वर्षीय इकरामुल हक अन्सारी रहेका छन्। प्रहरीका अनुसार उनीहरू दुवैजना विवाहित हुन्। तर, प्रहरीका अनुसार उनीहरूको पारिवारिक सम्बन्ध राम्रो थिएन। अन्सारी वर्ष दिनदेखि सफिनासँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए। गार्मेन्टमा काम गर्दै आएका अन्सारीले बस्नका लागि काठमाडौं महानगरपालिका– १५ स्वयम्भू शोभाभगवतीस्थित सरिता गिरीको घरमा कोठा भाडा लिई बस्दै आएका थिए । दुईबीच वेलाबखत आपसी विवाद हुँदै आएको थियो। 

उनीहरूबीचको सोही विवाद सफिना हत्याको कारण रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए। ‘यिनीहरू वर्ष दिनदेखि ‘लिभिङ टुगेदर’मा थिए। दुईबीच वेलाबखत विवाद हुने गरेको रहेछ। सोही विवाद हत्याको कारण रहेको देखिन्छ,’ एसएसपी खत्रीले भने, ‘मृतक सफिना र घटनामा संलग्न अन्सारी दुवै विवाहित हुन्। उनीहरू दुवैजना परिवारबाट अलग–अलग थिए।


सफिनाको हत्या कात्तिकको पहिलो साता भएको प्रहरीको दाबी छ। घटनाको दिन अन्सारी मदिरा सेवन गरी कोठामा पुगेका थिए। प्रहरीको अनुसन्धानमा देखिएअनुसार खाना खाएर दुवै सँगै सुतेका थिए। यही क्रममा अन्सारीले सफिनालाई ढोकाको आग्लो झिकेर प्रहार गरेका थिए । त्यसपछि सलको पासोले घाँटीमा थिचेका थिए। मृत्यु भएपछि अन्सारीले सफिनाको शवलाई खाटमुनि धकेली कोठाबाट निस्केको थिए। ढोकामा ताला लगाई चाबी भने नजिकैको झाडीमा फ्याँकेका थिए। 

त्यसलगत्तै उनी भारतको बिहार पुगेका थिए। करिब दुई महिनाको बसाइपछि उनी पुनः नेपाल फर्किएका थिए। र, काठमाडौं महानगरपलिका– १३ कालीमाटीस्थित दिलीप साहले सञ्चालन गरेको बिएन फेसन गार्मेन्टमा काम सुरु गरेका थिए। यस क्रममा उनले सफिनाको शव दाहसंस्कार भए–नभएको सम्बन्धमा आफन्तमार्फत सूचना लिइरहेका थिए। यता, तीन महिनासम्म पनि नखुलेपछि घरबेटी गिरीले गत ३ माघमा स्थानीय जनप्रतिनिधिको रोहवरमा कोठाको ताल्चा फोडेकी थिइन्। ढोका खोलेर भित्र प्रवेश गर्दा सफिनाको मृत शरीर फेला परेको थियो। सडेगलेको अवस्था शव फेला परेपछि गिरीले प्रहरीलाई खबर गरेकी थिइन्।

घटनास्थल पुगेको प्रहरीले तुरुन्तै अनुसन्धान थाल्यो। प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी खत्रीका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा अन्सारी नेपालमै रहेको सूचना आएको थियो। ‘घटनास्थलबाट बरामद सबुतका आधारमा अनुसन्धान सुरु भयो । घटनामा अन्सारी संलग्न रहेको आशंकापछि उनको खोजी भयो,’ उनले भने, ‘भारतीय प्रहरीसँग पनि समन्वय भयो। उनी काठमाडौंमै रहेको सूचना प्राप्त भयो। खोजी गर्ने क्रममा उनी कालीमाटीबाट पक्राउ परे। उनीविरुद्ध अहिले अनुसन्धान जारी छ।’ 

प्रहरीका अनुसार मृतक सफिनाका एक छोरा र छोरी छन्। उनको श्रीमान् नसिव दिन मियाँ तीन वर्षदेखि रोजगारका क्रममा भारतको कस्मिर बस्दै आएका छन्। यसबीचमा उनी वेलाबखत मात्रै घर आउँथे। र, पुनः कस्मिर नै फर्कन्थे। उनी र श्रीमती सफिनाबीचको सम्बन्ध राम्रो थिएन।

यहीबीचमा सफिना एकाएक परिवारको सम्पर्कबाट टाढिएकी थिइन्। नसिवले परिवारको सदस्य लगाएर उनको खोजी पनि गरेका थिए। उनी अन्सारीसँग लिभिङ टुगेदरमा रहेको खबरपछि नसिवले खोजी कार्य बन्द गरेका थिए। यता, घटनामा संलग्न अन्सारीका श्रीमतीसहित दुई सन्तान छन्। नौ वर्षदेखि काठमाडौं बस्दै आएका उनको पनि परिवारसँग राम्रो सम्बन्ध छैन। ‘गुरुभाइ’का नामले परिचित उनी गार्मेन्टमा सिलाइ कालिगढका रूपमा कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी