2026-07-24 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कानुनले काम गरेको भए ठूलाबडा नेताहरू जेलमा हुन्थेः चन्द्र भण्डारी

माघ ९, काठमाडौँ | नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरू जेलमा हुने टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै भण्डारीले नेताहरूले अहिले मुलुक चलाउन नसकेको बताए ।

‘राजनीतिक पार्टीहरू आफ्नो–आफ्नो सुधार्ने हो भने मुलुक बन्न सक्छ । यो देशमा कानुनले काम गर्न सक्छ,’ भण्डारीले भने, ‘यो देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारीहरू, ठूलाबडा लामो समय राजनीति गरेकाहरू धेरैजसो जेलमा भेटिन्थे ।’

भाषण गर्नेहरूले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने भण्डारीको भनाइ छ । संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरू आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिब राखेर झुपडी बनाउने प्रवृत्तिका कारण मुलुक गरिब भएको उनको भनाइ छ ।

‘भाषण गर्नेहरूले पहिला आफ्नो पार्टीलाई सुधार्नुपर्छ । हाम्रा नेताहरूको विकासमा बुद्धि पुगेन । हाम्रा विज्ञहरू, हाम्रा संवैधानिक निकायमा बसेका व्यक्तिहरू र राजनीति गर्ने धेरै नेताहरू आफ्ना घर ठूलाठूला बनाउने, वरिपरि गरिब राख्ने र झुपडी बनाउने प्रवृत्तिले मुलुक गरिब भयो,’ भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक