२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘तपस्वी’ बम्जनविरुद्ध उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु

२०८०, १० माघ बुधबार ०७:१३

माघ १०, काठमाडौं | ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध  उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु भएको छ । बम्जनविरुद्ध सर्लाही प्रहरीमा किशोरीले बालयौन शोषणको जाहेरी दिएकी थिइन् ।

रौतहटबाट सिन्धुलीको डकाहा जाँदै गरेका ती किशोरीका बुवा सवार बा.५८ प ९१४१ नम्बरको  मोटरसाइकललाई भिमानमा ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । मङ्गलवार साँझ दुर्घटनामा परेर गम्भीर घाइते भएका ६३ वर्षीय पुरुषको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए ।

भिमानतर्फ जाँदै गरेको प्रदेश–२–०४–००१ ट–००१० नम्बरको ट्याक्टर चालक पुष्पलाल अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरीका बुवासँगै आएका ना.११ प ५७५० नम्बरको मोटरसाइकल चालकलाई पनि ट्याक्टरले ठक्कर दिएको छ । सो मोटरसाइकलका चालक सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । बम्जन मङ्गलवार साँझ काठमाडौँको हात्तिगौंडाबाट पक्राउ परेका हुन् । अहिले उनी मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय महोत्तरीमा थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना