२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको विशाल ताजिया मेला समापन

२०७३, १ कार्तिक सोमबार १२:२२

रबिन्द्र यादव/ कार्तिक १, नवलपरासी । मुस्लिम सामुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा नवलपरासीको विभिन्न स्थानमा ताजिया बनाइएको थियो । यश बर्ष जिल्लाको महेशपुर, भुजहवा, पाल्ही, कुश्मा लगायतका स्थानमा बिशाल ताजिया बनाइएको थियोे । 

जसमध्ये सबभन्दा नवलपरासीको महेशपुर मा निर्माण गरिएको थियोे जुन देश मै सबै भन्दा विशाल ताजिया रहेको थियो । जसको क्षेत्रफल करिब एक सय फिट चौडाइ र एक सय पचास फिट अग्लो रहेको थियो । 

मुस्लिम सामुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा ताजिया निर्माण गरिएको सबै स्थानमा मेला लागेको थियो । मेला नवलपरासी जिल्लाको ग्रामीण भेगका विभिन्न ठाउहरुमा बासको ठुलो ठुलो ताजिया बनाई भव्य मेला संचालन गरिएको थियो । मेला आइतबार सम्म चलेको थियो ।

यस‌ैगरी महेशपुर को विशाल ताजिया मेला एक कार्यक्रमका बिच समापन गरिएको थियो । महेशपुर ताजिया मेला समितिका अध्यक्ष सुनिल पटवा को अध्यक्षता रहेको समापन कार्यक्रममा मधेस युवा उत्थान विकास मंच नवलपरासीका अध्यक्ष धिरज त्रिपाठी प्रमुख अतिथि रहेका थिए । मंचका उपाध्यक्ष युवराज मौर्या, भुजहवा मंचका अध्यक्ष अम्मर यादव, दिपु लगायतका उपस्थित रहेको थियो । आइतबार सम्म संचालित ताजिया मेलामा थकरी, ढाकातास, लाठी भाला, भेडा जुधाउने समेतको खेल प्रतियोगिता भएको थियो । जसको प्रथम हुने टिमलाई प्रमुख अतिथिले एउटा कलर टिवी प्रदान गर्नु भएको थियोे भने ‌दोस्रो हुने टिमले एउटा साइकल हात पार्न सफल भएका थिए भने तेस्रो हुने टिमलाई भित्ते घडी र नगद प्रदान गरिएको थियो । 

ताजिया निर्माणका लागि बाँस, रिम, कागज, काटी, तार र गम आवश्यक पर्ने गरेको ताजिया मिस्त्री फरजुल्लाह डफालीले बताएका छन । ताजिया मेलामा नेपाल र छिमेकी राष्ट्र भारत बाट दर्शानार्थीहरुको घुइँचो लाग्ने गरेको हुन्छ । 

हिजरी को पहिलो महिना मोहरर्मुल हराम को १० तारिखका दिन इस्लामको संरक्षक मानिने धर्मगुरु हजरत इमाम हुसैनको आफ्नो घरपरिवार सहित ७२ जनालाई इस्लाम धर्मलाई बचाउनका लागि इराक को बगदाद स्थित करबलामा सहिद भएकाले उनको यादलाई तरोताजा बनाउन ताजिया बनाई दर्शन गर्ने मुस्लिम समुदायको परम्परागत चलन चल्दै आएको छ, केहीले व्रत समेत बस्ने गरेका हुन्छन । देशका विभिन्न तराई क्षेत्रमा ठुलो ठुलो बासका ताजिया हिन्दु मुस्लिम दुबै समुदाय मिली बनाउने र मेला संचालन गर्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ