२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यू-१९ विश्वकप: अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा

२०८०, ११ माघ बिहीबार १०:११

माघ ११, काठमाडौँ | नेपालले दक्षिण अफ्रिकामा जारी आईसिसी यू-१९ विश्वकपको पहिलो चरणमा लगातार दुई हार ब्यहोरेको छ ।

समूहमा अब एक खेल मात्र खेल्न बाँकी रहेपनि नेपालको अगाडि बढ्ने सम्भावना कायमै छ।समूहको आफ्नो अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराउन सके नेपाल सुपर सिक्समा पुग्नेछ । प्रतियोगिताको दोस्रो चरणमा ६-६ टोलीका दुई वटा समूह रहनेछन् ।

पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित नेपाल दोस्रो खेलमा बुधबार पाकिस्तानसँग ५ विकेटले निराश भएको थियो ।


चार टोली रहेको समूहबाट शीर्ष तीन टोली दोस्रो चरणमा पुग्ने भएकाले नेपालको सम्भावना कायमै छ । नेपाल नेटरनरेट आधारमा अफगानिस्तानभन्दा अगाडि रहँदै तेस्रोमा छ ।

अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो । पाकिस्तानसँग २८५ रनको लक्ष्य पाएको अफगान टोली १०३ रनमा अलआउट भएको थियो ।

दोस्रो खेलमा अफगानिस्तानलाई ९१ रनमा अलआउट गर्दै न्युजिल्यान्डले जीतको आधार बलियो बनाए पनि उसलाई सजिलो भने भएन । नेपालले न्युजिल्यान्डविरुद्ध ३०३ रनको लक्ष्य पछ्याउने क्रममा २३८ रन जोडेको थियो भने पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै १९७ रन जोडेको थियो ।

पहिलो चरणमा नेपाल समूह ‘डी’मा छ । समूह ‘ए’ र समूह ‘डी’का शीर्ष ३/३ टोली सुपर सिक्समा भिड्नेछन् । समूह ‘ए’मा भारत, आयरल्यान्ड, अमेरिका र बंगलादेश छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले