९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सिनेमा हलमा भेटियो ६५ वर्षअघि हराएको पर्स, खोलेर हेर्दा रोइन् महिला

११ माघ २०८०, बिहीबार १०:४४

माघ ११, काठमाडौँ | कैयौं पटक घर वा कुनै पुरानो भवनको मर्मतसम्भार गर्दा दशकौं पुरानो चिज भेटिन्छ जुन मालिकलाई फिर्ता गरिदिए उनको खुसीको सीमा रहँदैन ।

अमेरिकाको एटलान्टामा एक चलचित्र थिएटरको पुन: निर्माण गर्दा एक कामदारले पर्खाल पछाडि एउटा पर्स फेला पारे। यस्तो अवस्थामा काम गर्ने ठेकेदारले सिनेमा हल सञ्चालक क्रिस एस्कोबारलाई पर्स दिए ।


एस्कोबारले वालेट भेटिएको ठाउँ सम्भवतः सिनेमा हलको व्यवस्थापनको हराएका र भेटिएका सामान राख्ने खण्ड भएको अनुमान गरे । जुन लामो समयदेखि मर्मतसम्भारका कारण पर्खाल पछाडि लुकाइएको थियो।

अनुसन्धान गर्दा यो पर्स ६५ वर्षअघि यहाँ चलचित्र हेर्न आएकी एक महिलाले हराएको पाइएको थियो । जब एस्कोबारले यो महिला र उनको परिवारको बारेमा अनलाइनमा थाहा पाउन खोजे, तब उनको घर नजिकै रहेको थाहा भयो।

साथै, वालेटका मालिक फ्लोय कल्ब्रेथको सन् २००५ मा ८७ वर्षको उमेरमा निधन भएको थाहा भयो। त्यसपछि उनले फ्लोयकी ७१ वर्षीया छोरी थिया कल्ब्रेथ चेम्बरलेनलाई सम्पर्क गरे र उनलाई पर्स दिए। यो देखेर उनी भावुक भइन् र रुन थालिन् ।

चेम्बरलेनले वाशिंगटन पोस्टलाई भनिन् ‘मैले पहिलो पटक मेरी आमाको लामो समयदेखि हराएको वालेट देखेँ, म कति खुसी भएको थिएँ भन्न सक्दिन। वास्तवमा यो ६५ वर्ष पछि फेला परेको विश्वास गर्न मलाई केही समय लाग्यो।’

चेम्बरलेनका अनुसार सन् १९५८ मा उनकी आमाले यो पर्स हराउँदा उनी ६ वर्षकी थिइन् । यसमा पुराना पारिवारिक तस्बिरहरू, पुस्तकालय कार्ड र राफल टिकटहरू थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै