2026-06-28 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नाइजेरियामा मुस्लिम गाेठाला र कृषक इसाइ समुह बिच झडप, ३० को मृत्यु

नाइजेरिया, १२ माघ । नाइजेरियाको पठार राज्यमा पछिल्लो समय भएकाे हिंसामा ३० जनाको मृत्यु भएको छ । नाइजेरियाको केन्द्रीय पठार राज्यमा भएकाे थप नयाँ हिंसामा कम्तिमा ३० जनाको मृत्यु भएको हाे  ।

मङ्गलबार र बुधबारको पछिल्लो हिंसा यस क्षेत्रमा क्रिसमस डे आक्रमण पछि आएको हो, यसअघिको हिंसामा कम्तिमा १ सय ४० जनाको मृत्यु भएको थियो । 


सो राज्यका मुस्लिम गोठालाहरू र खेती गर्ने इसाइ समुदायहरू बीच वर्षौंदेखि झडप भइरहेका छन, साेही क्रममा पछिल्लाे साे घटना घटेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन ।

पठारको मङ्गु जिल्लामा गत मंगलबार २४ घण्टे कर्फ्यू लगाइएको भएता पनि विद्यालय, पूजास्थल र घरमा आगजनी र तोडफोडसहित थप आक्रमण भएको इसाइ समुदायका नेताहरूले बताएका छन्। इसाई समुदायका अनुसार फुलानीका मुस्लिम गोठालाहरूले क्वाहास्लालेक गाउँमा आक्रमण गरेको र लगभग ३० जनाको ज्यान लिएका हुन ।

‘अहिले हाम्रा मानिसहरूलाई ईश्वरको कृपामा छोडिएको छ र उनीहरूले आत्मरक्षामा थोरै मात्रै गर्न सक्छन्, स्थित भयावह रहेकाे छ, ’ स्थानिय इसाइ संघले एक विज्ञप्तिमार्फत भनेको छ । सो घटनामा परी अहिलेसम्म १०० भन्दा बढी घाइते भएकाे भ्वाे न्युजले जनाएकाे छ ।

तर, सुरक्षाकर्मीहरूले हालैका आक्रमणहरूमा मृत्यु हुनेहरूको संख्याबारे टिप्पणी गरेका छैनन्। तर, विस्थापितहरूका लागि मङ्गु सहरमा करिब १५ सय मानिसहरूका लागि दुईवटा शिविर स्थापना गरिएको नाइजेरिया रेडक्रसका स्थानीय अध्यक्ष नुरुदीन हुसैनी मगजीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी