२७ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युएईमा श्रमिकले सम्झौता अनुसार तलब पाएनन्, समस्या राख्दा म्यानपावरले ब्लक हान्छ (भिडियो सहित)

१२ माघ २०८०, शुक्रबार ०४:१६

माघ १२, काठमाडौँ । ललितपुर स्थिति एअर किङ्ग प्लेसमेन्ट प्रालि मार्फत वैदेशिक रोजगारको शिलशिलामा वैदेशिक रोजगारमा युएई गएका धेरै युवाहरुले नेपालमा म्यानपावरसँग सम्झौता भए अनुसारको तलब तथा सेवा सुविधा नपाएपछि पीडित बनेका छन् । म्यानपावरले अस्वस्थ प्रतिष्पर्धा गर्दै कम तलबमा कामदार दिने सम्झौता गरेको कारण यस्तो समस्या उत्पन्न हुने व्यवसायीहरु बताउँछन् । 


लामो समयदेखि ललितपुर स्थित एअर किङ्ग प्लेसमेन्ट मार्फत युएई स्थित Cleanco Trading, Importing & Services LLC – Sole Proprietorship LLC र Align Team LLC मा रोजगारमा गएका सयौं नेपाली महिला तथा पुरुष कामदारहरुले समस्यामा परेको गुनाशो गरिरहेका छन् । सम्बन्धित म्यानपावरले दुवै कम्पनीमा पठाएको कामदारहरुले नेपालमा सम्झौता गर्दा जति तलब तोकिएको थियो त्यस अनुसार नपाईरहेको बताएका छन् । Cleanco कम्पनीले दैनिक ११ घण्टा २७/२८ दिन काम लगाएर पनि मुस्किलले ११५० दिराम तलब दिएको पीडितहरुको गुनाशो छ । 'सम्झौता अनुसार पाउने हो भने १४/१५ सयको हाराहारीमा तलब पाउनु पर्ने अवस्थामा पनि  सुक्खा ११५० पाइरहेका छौं ।' एक पीडितले बताईन् । उनका अनुसार यो कम्पनीले सुरुवातमा युएई जाँदा ६/७०० भन्दा कममा पनि काम लगाएको ति पीडितको गुनाशो छ । उनलाई ९०० बेसिक हुने भनि सम्झौता गराइएको पाइएको छ । 

'सम्झौता अनुसार ९०० भन्दा बढी मासिक कमाउनु पर्ने हो । ४/५ महिना बेसिक पनि भेटिएन । अहिले दैनिक ११ घण्टा काम गर्दा समेत मुस्किलले ११०० दिन्छ । यो तलब सम्झौता भन्दा निकै कम हो ।' पिडित भन्छिन् ।

पीडितहरुसँग नेपालबाट जाँदा म्यानपावर तथा एजेन्टले दुई लाख २० हजारसम्म अशुली गरेर पठाएको पीडितहरुको भनाई छ । म्यानपावरले समस्याका विषयमा ध्यानाकर्षण गर्दा समेत अनदेखा गरेको, पीडितहरुको समस्या सुनुवाईको सट्टा समस्या राख्नेहरुको फोन नम्बरनै ब्लक गर्ने गरेको गुनाशो प्राप्त भईरहेको छ । पीडित अर्का युवाले पनि आफूलाई १५०० बेसिक तलब भनि सम्झौता गराई पठाएर ११५० मात्र दिईरहेको गुनाशो गरेका छन् । उनले दुई लाख २० हजार तिरेर आएको भन्दै सम्बन्धित म्यानपावरकि एक महिला कर्मचारीले पैसा लिईरहेको भिडियोनै पठाएका छन् । 


सम्बन्धित कम्पनीबाट लामो समयदेखि समस्यामा परेको सम्बन्धमा आबुधावी स्थित नेपाली दुतावासले खबर पाएर पनि तिनै कम्पनीका डिमाण्डहरु प्रमाणीकरण भईरहेको समेत पाइएको छ । दुतावास र म्यानपावरको मिलिमतोमा समस्याग्रस्त कम्पनीको समेत माग प्रमाणीकरण हुँदा सम्बन्धित कम्पनीको विषयमा कम तलबको समस्यामा रिपोर्ट गर्दा समेत दुतावास मौन बसिरहेको आरोप लगाइएको छ । युएई रोजगारमा दुतावासले ८०० मा खान बस्न सहितको सम्झौतामा मात्र कामदारको माग प्रमाणित गर्छ तर यस्तो सम्झौता कागज प्रक्रियामा मात्र सिमित जस्तो बनाइएको छ । सम्बन्धित म्यानपावरले वैदेशिक रोजगार बिभागमा पेश गरेको कागज अनुसार रोजगारदाताले तलब/सेवा सुविधा नदिएपछि श्रम गरेर गएका श्रमिकहरुको सुरक्षामा समेत सवाल उठेको छ । 

यसै सम्बन्धमा भिडियो हेर्नुहोस् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति महसुल नतिरेका उद्योगको लाइन जोड्ने र महशुल बक्यौता असुल गर्ने प्राधिकरण बोर्डको निर्णय पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई पक्राउ मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन : मन्त्री पाण्डे बैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ? दीपक मनाङ्गे भए डिल्ली बजार कारागार चलान कप्तान पूजाको अलराउण्ड प्रदर्शनमा कुवेतविरुद्ध नेपालको १६५ रनको जित उद्योग मन्त्री भण्डारी र अस्ट्रेलियन राजदूत लियान जोन्स्टन बिच शिष्टाचार भेट सुदूरपश्चिम रोयल्सले गर्यो एनपिएलमा सहभागी हुने जर्सी सार्वजनिक कुलमानलाई पुनः सरकारले सोध्यो ६ बुँदे स्पष्टीकरण नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? मौसम खुलेसँगै पोखराबाट भैरहवा उड्यो रवि चढेको विमान काठमाडौँबाट भैरहवा उडेको बुद्ध एयरको विमान पोखरामा अवतरण चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक राष्ट्रपति ट्रम्प सांसद वाल्टजलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने तयारीमा गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे काठमाडौंबाट पक्राउ माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री ओली ग्रेस इन्टरनेशनलद्वारा ‘एडुभर्स २०२४’ देशभरका ९ शहरमा आयोजना हुने यस्तो रहेको छ आजको फलफूल तथा तरकारीको मूल्य