2026-07-24 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिमाली बस्ती नै हिउँको प्रतीक्षामा

माघ १२, मुगु | मुगुको छायाँनाथ रारा नगरपालिका-४ भामवाडा गाउँका ६० वर्षिया काँसिराम परियार अहिलेदेखि नै अनिकाल हुने पीर लाग्न थालेको छ । विगतका वर्षहरुमा मंसिरको पहिलो साता तिरै घरआँगनमै १ फिटभन्दा बढी हिमपात हुनुका साथै डाँडाकाँडा सेताम्ये भएको देख्दाको सम्झना अहिले ताजै छ ।

तर, पछिल्लो समय माघ महिना लाग्दा पनि हिमपात नहुँदा उनी चिन्तित् छन् । कर्णाली प्रदेशका उपल्लो हिमाली जिल्लाहरुमा यस वर्ष  समयमै हिउँ, पानी नपर्दा किसान चिन्तित् बनेका छन् ।  मुगुमा मंसिरको तेस्रो साता उपल्लो क्षेत्र तिर हल्का हिमपात र थोरै पानी परे पनि बेंसीमा गत असोजदेखि पानी परेको छैन ।  लामो खडेरीले जौं, गहुँ बाली देखि बारीको तरकारी समेत सुक्न थालेपछि मुगुका नागरिक चिन्तित बन्न थालेका छन् ।  

माघ महिनाको दाेस्राे साता लागिसक्दा पनि मुगुमा हिउँ नपर्दा खेतिबारीमा लगाइएका बालीनाली, जौ , गहुँ र तरकारी खेती सुक्न थालेपछि यहाँका किसान निरास भएका छन् । हिउँदे वर्षा र हिमपातको पर्खाइमा रहेका मुगुका नागरिक अझै हिमपात नभए बालीनाली उत्पादनमा प्रभावित हुनुका साथै जलवायु परिवर्तन र मौसम परिवर्तनले स्वास्थ्यमा पनि समस्या हुन थालेको छायाँनाथ रारा नगरपालिका-४ का मैनासिंह नेपालीले बताए ।  

लामो खडेरीले जौं, गहुँ बालीदेखि बारीको तरकारी समेत सुक्न थाले पछि स्थानीय चिन्तित हुन थालेका छन् । वर्षा र हिउँ नपर्दा बारीको तरकारी सुक्न थालेको छ । पुस महिना हिउँको महिना हो बेलामा पानी पनि पर्दैन, हिउँ पनि परेको छैन । दुई/चार वर्ष अगाडी पुस नलाग्दै हिउँले धारा पँधेरा ढाक्ने गरेको थियो  । अहिले माघ महिना आईपुग्दा पनि हिउँ न पानी परेको छैन  । 

प्राय:जसाे पुस महिनामा सेताम्य देखिने पर्यटकीय क्षेत्र रारामा पनि यो पटक हिउँ परेको छैन । गत मंसिरमा हल्का हिउँ परे पनि बाक्लो हिमपात नहुँदा रारा सुक्खा र उराठ देखिएको छ ।    रारा पुगेका पर्यटकले यसपालि अघिल्ला वर्ष जस्तो हिउँ खेल्न पाएका छैनन् । हिउँ नपर्दा रारामा आन्तरिक तथा बाह्य पर्यटकहरुले रमाउन पाएका छैनन् । स्वर्गकि उपमा पाएको रारामा हिउँ नपर्दा काला राता पहाडमा परिणत भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर तथा सूचना अधिकारी जयहरि धितालले जानकारी दिए  । 

हिउँ नपर्दासम्म फलफूलदेखि अन्नबालीसम्म नसप्रिने संकते देखिएको छ । मुगुमा १३ हजार १ सय ३८ हेक्टर खेतियोग्य जमिन रहेको छ । जसमा १० हजार ४ सय ६१ हेक्टरमा खेती गरिएको जमिन छ । त्यस्तै २ हजार ६ सय ७७ हेक्टर बाँकि जमिन छ भने २ हजार ८ सय ९० हेक्टर सिञ्चित जमिन रहेको कृषि तथ्यांकले देखाएको छ ।

मुगुमा आकाशे पानीको भरमा खेतिपाती गरिन्छ । हाकाशे पानीको भरमा खेतिपाती गरेका किसानहरु लाई सरकारी कार्यालयहरुले कृषि सिंचाई का कार्यक्रमहरु प्रभावकारी नदेखिएका कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्र बहादुर शाहीको भनाइ छ  । 

उच्च हिमाली बस्ती जडिबुटीमा आत्मनिर्भर स्थानीय पनि हिमपातको प्रतीक्षामा छन् । बाक्लो हिउँ नपरेको वर्ष जडीबुटी उत्पादन पनि घट्ने स्थानीयको अनुभव छ । धेरै हिउँ परेको वर्ष यार्सा, कटुकी भोल्ते, चिराइतो, गुच्ची च्याउ राम्रो फल्ने किसानको भनाइ छ । हिमपातको डरले बेंसी झरेका मुगु गाउँका बासिन्दा हिउँ नपर्दा चिन्तित बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक