2026-10-24 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डब्लुडब्लूईका संस्थापकले यौन उत्पीडनको आरोप पछि दिए राजीनामा

माघ १३, न्युयोर्क | डब्लुडब्लूईका संस्थापक भिन्स म्याकमोहनले यौन उत्पीडनको आरोप पछि राजीनामा दिएका छन ।

म्याकमोहन माथी यौन उत्पीडन, बेचबिखन र शारीरिक दुर्व्यवहारको त्रासदायक आरोप लागे पछि पछिड ब्लुडब्लूईको मूल कम्पनी टिकिओको कार्यकारी अध्यक्षको पदबाट राजीनामा दिएका हुन |

कुश्ती बेहेमोथ म्याकमोहनको मुख्यालयमा काम गर्ने पूर्व टिकिओ कर्मचारी जेनेल ग्रान्टले दायर गरेको मुद्दा पछि यो घटना बाहिर आएको हो । तर, म्याकमोहनले आरोपहरू अस्वीकार गरेका छन्, उनी सो आरोपको प्रतिरक्षाका लागि अदालत जान तयार छन्।

यद्धपी, शुक्रबार एक विज्ञप्ति जारी गर्दै म्याकमोहनले आफ्नो राजीनामाको घोषणा गरेका हुन ।

डब्लुडब्लुइ र टिकिओका असाधारण व्यवसायी र यसका बोर्ड सदस्यहरू र शेयरधारकहरू, साझेदारहरू र घटकहरू यो कम्पनिलाई विश्व नेता बनाउन मद्दत गर्ने सबै कर्मचारीहरू र सुपर स्टारहरूका लागि सम्मान गर्दै मैले आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको छु’ उनले भनेका छन । उनका अनुसार कार्यकारी अध्यक्षता र टिकिओको बोर्ड अफ डाइरेक्टर पदबाट दिएको राजिनामा तुरुन्तै लागुसमेत हुनेछ ।

डब्लुडब्लुका सिइयो र अध्यक्षको रूपमा सेवा गर्दा म्याकमोहनले धेरै महिलाहरूलाई कम्तिमा २०२० देखि प्रसारित रहेका छन् तर ग्रान्टले बिहीबार दायर गरिएको मुद्दाले म्याकमोहनको कथित दुर्व्यवहारको हदमा नयाँ गम्भिर मोड ल्याएको हो ।

सो मुद्दामा ग्रान्टले आरोप लगाएका छन कि म्याकमोहनले सेक्सको बदलामा डब्लुडब्लुइमा पदोन्नति गर्ने भन्दै जागिरको प्रस्ताव राखेका थिए । ग्रान्टको मुकदमाले यो पनि आरोप लगाएको छ कि म्याकमोहनले कम्पनीको प्रतिभा सम्बन्ध विभागमा काम गर्ने जोन लौरिनाइटस लगायत कम्पनी भित्र र बाहिर अन्य पुरुषहरूमा उनलाई बेचबिखन गरेको र मुद्दामा प्रतिवादीको रूपमा पनि नाम दिइएको छ।

‘म्याकमोहनले कम्पनिमा कार्यरत रहदाँ  ग्रान्टतर्फ चरम क्रूरता र पतनको कार्यमा संलग्न थिए,’ आरोपमा भनिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने