2026-07-25 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफ्नै पार्टीको नेताको कटाक्षपछि रेखाले भनिन्– ‘देशको माया हुनेले सन्तान अमेरिकामा किन राखेको ?’

माघ १४, काठमाडौँ | अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । पहिलो सन्तान जन्माउन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । अमेरिकामा उनले ‘बेबी सावर’ समेत गरेकी छन् । जसको भिडियो तथा तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखालाई अहिले उनकै पार्टीका नेताहरूले कटाक्ष गर्न थालेका छन् । शनिवार एक कार्यक्रममा बोल्ने क्रममा उनी केन्द्रीय सदस्य रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्थाका कारण अहिले एउटी आमा आफ्नो सन्तान नेपालमा जन्मियोस् भन्ने नचाहने गरेको उल्लेख गर्दै घुमाउरो रूपमा रेखाको उदाहरण दिएका थिए ।

त्यस्तै राप्रपाकै केन्द्रीय सदस्य रवीन्द्र मिश्रले मौका पायो भने कसैले छोड्दैन भनेका थिए । सार्वजनिक कार्यक्रममा आफ्नै पार्टीको नेताहरूबाट आफू माथि कटाक्ष भएपछि अभिनेत्री रेखा भड्किएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले देशको माया हुनेले आफ्नो सन्तान अमेरिकामा किन राखेको भनेर प्रश्न समेत गरेकी छन् ।

उनले लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल बोलाए हुन्थ्यो । अमेरिकामा किन राखेको ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक