१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफ्नै पार्टीको नेताको कटाक्षपछि रेखाले भनिन्– ‘देशको माया हुनेले सन्तान अमेरिकामा किन राखेको ?’

१४ माघ २०८०, आईतवार ०६:५३

माघ १४, काठमाडौँ | अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । पहिलो सन्तान जन्माउन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । अमेरिकामा उनले ‘बेबी सावर’ समेत गरेकी छन् । जसको भिडियो तथा तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।


सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखालाई अहिले उनकै पार्टीका नेताहरूले कटाक्ष गर्न थालेका छन् । शनिवार एक कार्यक्रममा बोल्ने क्रममा उनी केन्द्रीय सदस्य रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्थाका कारण अहिले एउटी आमा आफ्नो सन्तान नेपालमा जन्मियोस् भन्ने नचाहने गरेको उल्लेख गर्दै घुमाउरो रूपमा रेखाको उदाहरण दिएका थिए ।

त्यस्तै राप्रपाकै केन्द्रीय सदस्य रवीन्द्र मिश्रले मौका पायो भने कसैले छोड्दैन भनेका थिए । सार्वजनिक कार्यक्रममा आफ्नै पार्टीको नेताहरूबाट आफू माथि कटाक्ष भएपछि अभिनेत्री रेखा भड्किएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले देशको माया हुनेले आफ्नो सन्तान अमेरिकामा किन राखेको भनेर प्रश्न समेत गरेकी छन् ।

उनले लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल बोलाए हुन्थ्यो । अमेरिकामा किन राखेको ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक