२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुपर सिक्समा पुगेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन कति सहज छ ?

२०८०, १४ माघ आईतवार ०८:०९

माघ १४, काठमाडौँ | नेपालले दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा क्रिकेटमा सुपर सिक्सको यात्रा तय गरिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसिसीले प्रतियोगिताको दोस्रो चरणमा ६/६ टोलीका दुई वटा समूह बनाएर सुपर सिक्स गर्दै छ ।

पहिलो चरणमा नेपाल रहेको समूह डीबाट शीर्ष ३ टोली र समूह एबाट शीर्ष तीन टोलीले सुपर सिक्सको एउटा समूहमा प्रतिस्पर्धा गर्दैछन्।


अघिल्ला दुई खेलमा पराजित भएको नेपाल अन्तिम खेलमा अफगानिस्तानलाई हराएर तेस्रो हुँदै सुपर सिक्स पुगेको हो। नेपाल रहेको समूहबाट पाकिस्तान विजेता र न्यूजिल्यान्ड उप-विजेताका रूपमा अगाडि बढेका छन् ।

समूह एबाट भारत र बङ्गलादेश अगाडी बढेका छन् । आयरल्यान्डको सम्भावना पनि बलियो छ । आइतबार हुने खेलमा भारतले अमेरिकालाई पराजित गरे आयरल्यान्डले पनि सुपर सिक्सको यात्रा तय गर्ने छ । तर अमेरिकाले भारतलाई फराकिलो अन्तरमा पराजित गरे आयरल्यान्डलाई नेटरनरेटमा पछि पार्दै अगाडि बढ्न सक्ने छ।

अन्य सुपर सिक्सभन्दा जारी विश्वकपको सुपर सिक्स फरक छ । समूहमा ६ वटा टोली भए पनि हरेकले सबैसँग खेल्दैनन्। पहिलो चरणमा खेलेका टोलीसँग फेरी प्रतिस्पर्धा गर्नुपर्दैन ।

नेपाल आफ्नो समूहको तेस्रो भएकाले अर्को समूहबाट तेस्रो भएर आउने टोलीसँग पनि प्रतिस्पर्धा गर्नु नपर्ने नियम छ ।

त्यसैले नेपालले सुपर सिक्समा केवल दुईवटा खेल खेल्ने छ । समूहमा रहने अन्य ५ टोलीले पनि २/२ खेल खेल्नेछन्।

नेपालले भारत र बंगलादेशसँग खेल्ने छ । पहिलो चरणमा नेपालसँग खेलेका पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेकाले सुपर सिक्समा नेपाल अङ्कविहीन छ । नेपालको २ खेलबाट अंक छैन। सुपर सिक्स सुरु हुनुअघि पाकिस्तानको २ खेलबाट ४ अंक छ ।

अमेरिकालाई पराजित गरेमा भारतको पनि २ खेलबाट ४ अंक हुने छ । उक्त खेलमा अमेरिकासँग पराजित भए पनि सुपर सिक्स सुरु हुनुअघि भारतसँग २ खेलबाट ४ अंक रहने सम्भावना बलियो छ ।

२ खेलबाट न्यूजिल्यान्डको २ र बंगलादेशको २ अंक छ । सुपर सिक्सका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालको सम्भावना लगभग देखिँदैन । नेपालले पहिलो खेलमा जनवरी ३१ तारिख बंगलादेशको सामना गर्ने छ। भारतसँग फेब्रुअरी २ मा प्रतिस्पर्धा गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक