2026-09-07 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विमानको आकस्मिक ढोका खोलेर पङ्खामा हिड्ने एक यात्री पक्राउ

माघ १५, मेक्सिको । मेक्सिकोमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । एरोमेक्सिकोको एउटा विमानको आकस्मिक ढोका खोलेर ती यात्री विमानको पङ्खामाथि हिँडेको भन्दै प्रहरीले  समातेको हो । विमान मेक्सिको सहरबाट ग्वाटेमाला सहरतर्फ जान लागेको थियो ।

धावनमार्गमा समस्याका कारण विमानका यात्रीहरू एसी र पानीविहीन भएर बस्न  घण्टौँसम्म बाध्य भएका थिए । यस घटनामा कसैलाई पनि क्षति नभएको मेक्सिको अन्तर्राष्ट्रिय विमानस्थलले भनेको छ । ती पुरुषलाई भने प्रहरीले पक्राउ गरेको छ । यो घटना गएको बिहीबार बिहान ११ः३० बजेतिरको हो । एरोमेक्सिकोको उक्त विमान मेक्सिको सहरबाट ग्वाटेमालातर्फ जाँदै  थियो । धावनमार्गमा मर्मत सम्भारको काम भइरहँदा विमानको उडानमा ढिलाइ भइरहेको थियो ।

विमानका अन्य यात्रीहरूले भने आकस्मिक ढोका खोल्ने ती पुरुषको पक्षमा उभिएका छन् । एउटा संयुक्त विज्ञप्ति निकाल्दै सबै यात्रीहरूले ती पुरुषको समर्थन गरेका छन् । ती पुरुषले विमानभित्र सवार सबै बचाउन आकस्मिक झ्याल खोलेको बताएका छन् । उडानमा ढिलाइ भएको अनि विमानभित्र एसी नहुँदा यात्रीहरूलाई समस्या भएको पनि हस्तलिखित विज्ञप्तिमा भनिएको छ । आकस्मिक झ्याल खोलेर ती पुरुषले आफूहरूको ज्यान जोगाइदिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ