२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२२ दिनअघि उच्चमा नियुक्त न्यायाधीश मरासिनी २ दिनअघि मात्र पाटनमा भएका थिए हाजिर

२०८०, १६ माघ मंगलवार ०७:४९

माघ १६, काठमाडौँ | पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको मंगलबार बिहान हृदयाघातबाट निधन भयो । गत पुस २४ गते उच्चको न्यायाधीश नियुक्त भएका मरासिनी त्यहाँ हाजिर भएको २ दिनमात्रै भएको थियो ।

काठमाडौंको कलंकीमा बस्दै आएका मरासिनी पेशी तय भएपछि कार्यालय आउने तयारी गरिरहेका बेला बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएको थियो । लगत्तै उनलाई अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए ।

२०२४ जेठ २८ गते स्याङ्जामा जन्मिएका उनी २०५० साउन १ गते न्याय सेवामा प्रवेश गरेका थिए । उनी २०७० जेठ २७ गते जिल्ला न्यायाधीश नियुक्त भएका थिए ।

न्याय परिषद्को बैठकले गत पुस २४ गते मरासिनीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो