२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘पेनिक अट्याक’पछि अभियन्ता गिभिना मगर वीर अस्पताल भर्ना, हिजो रुँदै आएकी थिइन् लाइभ

२०८०, १६ माघ मंगलवार १०:४८

माघ १६, काठमाडौँ । सामाजिक अभियन्ता गिभिना मगर स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । उनलाई आज प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्‍याएको हो ।

गिभिना हिजो टिकटक लाइभमा आएर निराशाजनक कुरा गरेकी थिइन् । उनले आफूलाई पुरानो रोग बल्झिएको बताएकी छन् ।


गिभिनाले लाइभमा रुँदै भनेकी छन्, ‘मलाई जति जनाले साथ दिनुभयो, सबैप्रति आभारी छु । मलाई भगवानले साथ दिनुभएछ भने फेरि हजुरहरुसँग जोडिएर अभियानमा जोडिनेछु । मलाई समयले साथ दिइरहेको छैन । स्वास्थ्यले साथ दिइरहेको छैन । चाहेर पनि अगाडि बढ्न सकिरहेको छैन । मलाई थाहा थिएन यो रोग फेरि बल्झिन्छ भनेर । तर, बल्झियो । मेडिसिनले काम गर्न छाड्यो । मलाई गेट वेल सुन लेखिदिनुहोला । यदि म तपाईंहरुको साथमा भइनँ भने पनि मलाई नबिर्सिनु होला ।’

स्रोतका अनुसार प्रहरीले गिभिनालाई अचेत अवस्थामा उद्धार गरेको थियो । उनलाई सुरुमा टेकु अस्पताल पुर्‍याइयो । त्यहाँबाट वीरमा रिफर गरिएपछि त्यता लगिएको हो । उनलाई वीरको इमर्जेन्सीमा राखिएको छ ।

वीर अस्पतालका एक डाक्टरले अहिले अवस्था सामान्य रहेको बताए । उनका अनुसार गिभिनालाई पेनिक अट्याक र कम्भल्सिभ डिसअर्डर भएको हो । यो प्रायः केटी मान्छेलाई हुने बिमारी हो । गिभिनाको सीटी स्क्यान रिपोर्ट नर्मल आएको छ भने ब्लड रिपोर्ट आउन बाँकी छ । उनी बोल्न सक्ने अवस्थामा छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो