१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा नाग निस्केको भन्दै हेर्नेको भीड

१६ माघ २०८०, मंगलवार ११:१७

माघ १६, रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित सर्प देखिएपछि नाग देवता भन्दै हेर्नेको भीड लागेको छ । फतुवा विजयपुर वडा ३ मेवा गाउँ र टेंग्राहाको बीचमा नाग देखिएको हो । उक्त स्थानमा मंगलबार बिहानैदेखि नाग देवताको दर्शन गर्नेहरूको भीड लागेको स्थानीय वीरेन्द्र यादवले बताए । 


पछिल्लो तीनदिनदेखि उक्त स्थान नहरको छेउमा नाग देखिने गरेको उनले बताए । नहर छेउको खेतको दुलोबाट बिहान १० बजे  निस्केर दिउँसो ३ बजेसम्म एउटै स्थानमा बस्नेगरेको गाउँलेहरुले बताएका छन् । नाग देवता भनिएको उक्त सर्प जस्तै केही समय अघि कटहरियामा पनि देखिएको थियो। उक्त सर्पलाई ब्लेक कोबरा भनिएको थियो।

यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिकाअन्तर्गत जंगलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौं मानिसको भीड लागेको थियो । 

स्थानीयको अनुरोधमा मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थान पुलको छेउ जंगलमा मन्दिर निर्माणको लागि शिलान्यास गरेका थिए। शिलान्यासको केही दिनपछि उक्त स्थानमा  एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक