२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाँच तारे होटलमा १५ दिन मोजमस्ती गरेकी एक महिलाको बैंक खातामा जम्मा ४१ भारुमात्रै भएपछि…

२०८०, १७ माघ बुधबार ०९:३१

माघ १६, काठमाडौँ | भारतको राजधानी नयाँ दिल्लीस्थित एयरोसिटीमा रहेको पाँच तारे होटल ‘पुलम्यान’ मा एउटा अनौठो घटना भएको छ । उक्त होटलमा १५ दिन बिताएर मोजमस्ती गरेकी एक महिलाले करिब ६ लाख भारु बिल तिर्न नसकेपछि कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला १३ डिसेम्बरका दिन उक्त होटलमा फर्जी नाम लेखाएर कोठा लिएकी थिइन् । उनी १५ दिन सो होटलमा बसेर विभिन्न सुविधा उपभोग गरेकी थिइन् । उनले यो अवधिमा स्पा सेवा अन्तर्गतमात्र उनको बिल २ लाख ११ हजार उठेको होटल प्रशासनले जनाएको छ ।


१५ दिन बस्दा ५ लाख ८० हजार भारुको बिल तयार भएको थियो । उनले अनलाइनमार्फत भुक्तानी गर्ने बताइन् तर होटलको खातामा रकम जम्मा भएन । त्यसपछि होटल स्टाफले ती महिलालाई आफ्नो बैंक खाता विवरण देखाउन भने । तर उनले आफ्नो खाता विवरण देखाउन मानिनन् ।

त्यसपछि उनी होटलबाट बाहिर निस्कन खोजिन् । बिल भुक्तानी नगरी बाहिर जान खोजेकी उनलाई होटलका सुरक्षाकर्मीले नियन्त्रणमा लिए । त्यसपछि होटल प्रशासनले प्रहरीलाई घटनाबारे जानकारी गरायो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा ती महिलाको बैंक खातामा जम्मा ४१ भारुमात्र रहेको पाइयो । प्रहरीले ठगी, नक्कली दस्तावेज प्रयोग लगायत विभिन्न अभियोगमा उनीविरुद्ध उजुरी दर्ता गरेको छ ।

प्रहरीका अनुसार ती महिलाले आफूलाई डाक्टर बताउने गरेकी छन् । आफ्नो पति पनि डाक्टर रहेको र ऊ अमेरिकाको न्युयोर्कमा रहेको ती महिलाले बताएको प्रहरीको भनाइ छ । महिला साँच्चै नै डाक्टर हो कि होइन भन्ने पनि प्रस्ट नभएको प्रहरीले जनाएको छ ।

ती महिलाले अर्कै नाममा होटलको कोठा बुक गरेको भए पनि अनुसन्धानबाट उनको असली नाम झाँसी रानी स्यामुअल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति